कञ्चनपुर, ८असोज नेकपा बहमुतले कञ्चनपुरको लालझाडी र बेलडाँडी गाँउपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
बहुमत कञ्चनपुरले भ्रष्टाचार बिरुद्धको अभियान स्वरुप पहिलो चरणमा पालिकाहरुमा ज्ञापन पत्र बुझाईरहेको छ।
नेकपा बहमुत कञ्चनपुरका युवा नेता सुरेन्द्र धानुकले पालिका सरकारलाई ज्ञापन पत्र बुझाउने अन्तिम दिन बेलडाँडी र लालझाडीमा बुझाएको बताए ।
उनका अनुसार पालिकाहरुमा हुने नीतिगतदेखिका भ्रष्टाचार नरोके आन्दोलनको चेतावनी दिईएको छ ।
नेता धानुकले जिल्ला इन्चार्ज अर्जुन, सेके्रटरी नक्साल सहितका नेता कार्यकर्ताहरुले पालिकाले भ्रष्टाचार नभई जनताको आधारभूत आवश्यकता अनुरुप काम गर्नुपर्नेमा जनप्रतिनिधी कर्मचारीलाई सचेत गराएका छन।
जनप्रतिनिधी र कर्मचारीको मिलोमतोमा हुने भ्रष्टाचार रोक्नुको विकल्प नभएको नेकपा बहुमत कञ्चनपुरको ठहर छ ।

