बुध, जेष्ठ २०, २०८३

कञ्चनपुरका जेष्ठ पत्रकार बलदेव अवस्थीलाई पुरस्कार


कञ्चनपुर।कञ्चनपुरका एक जेष्ठ अग्रज पत्रकारलाई पुरस्कार प्रदान गरिएको छ ।

प्रेस काउन्सिल नेपालले पत्रकार बलदेव अवस्थीलाई पुरस्कार प्रदान गरेको हो ।

पत्रकार अवस्थीलाई नगद, प्रमाण पत्र दोसल्ला सहित सम्मान गरिएको छ । उनीलाई प्रेस काउन्सिल नेपालको ५५औँ बार्षिकोत्सवको अवसरमा पुरस्कृत गरिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल र सुचना तथा संचारमन्त्री पुथ्वी सुब्बा गुरुङ्गले पत्रकार अवस्थीलाई प्रमाण पत्र र पुरस्कार हस्तान्तरण गरेका थिए ।

पुर्व नेपाल सरकारका लेखा अधिकृतबाट सेवा निवृती भएर पनि निरन्तर पत्रकारिता गर्दै आएका अवस्थी दिशा निर्देश साप्ताहित पत्रिकाका सम्पादक हुन ।

उनी पत्रकारितासंगै कला, साहित्य, सुप प्रदेशको लोक संस्कृति सरक्षणका क्षेत्रमा काम गर्दै आएका छन ।

कञ्चनपुर भीमदत्त नगरपालिका महेन्द्रनगरबाट प्रकासित हुने उक्त साप्ताहित रंगिनपत्रिकामा अवस्थी दशकौँदेखि निरन्तर सकृय छन ।

पत्रकारको हकहितका क्षेत्रमा कार्यरत प्रेस काउन्सिलले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानका आधारमा पत्रकार अवस्थीलाई पुरस्कृत गरेसंगै उनले कार्य क्षेत्रमा थप उत्साह थपिदिएको बताएका छन ।

सम्बन्धित समाचार

Leave a Reply