बिहि, बैशाख २४, २०८३

बहुमतद्वारा कृष्णपुरमा ज्ञापन : युवालाई स्वदेशमै रोजगारी दिनुपर्नेमा जोड


कञ्चनपुर।नेपाल कम्युनिष्ट पाटी(बहुमत)ले कञ्चनपुरको कृष्णपुर नगरपालिका(स्थानीय सरकार)लाई ज्ञापन पत्र बुझाएको छ ।

आइतबार नेकपा बहुमतले कृष्णपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएको हो । नेकपा बहमुत कञ्चनपुरका युवा नेता सुरेन्द्र धानुकले पाटीले अघि सारेको भ्रष्टाचार बिरुद्धको अभियान अन्र्तरगत कृष्णपुरमा पनि ज्ञापन पत्र बुझाएको बताए ।

उनका अनुसार युवाहरुलाई स्वदेश मै रोजगार, उद्योगको अध्यन गरि तत्काल संचालन,जनताको बालीनाली नोक्सानको उचित क्षतिपूर्ति उपलब्ध,सडक निर्माणको पुर्ननिर्माणमा विशेष ध्यान,कटान डुबान परेका नागरिकको क्षतिपूर्ति र राहत उपलब्ध, भ्रष्टाचार, मंहगी, कालोबजारी नियन्त्रण र दोषीउपर कार्बाही माग अघि सारेर ज्ञापन पत्र बुझाएको बताए ।

उनका अनुसार नेकपा बहुमत कञ्चनपुर इन्चार्ज अर्जुन, सेक्रेटरी नक्साल सहितका नेता कार्यकर्ताहरुको उपस्थितिमा नगरप्रमुख(मेयर) हेमराज ओझालाई ज्ञापनपत्र बुझाइएको बताए ।

सम्बन्धित समाचार

Leave a Reply