आइत, असार ७, २०८३

प्रदेश प्रमुखबाट अनलाइन मल्टिमिडिया तालिम उद्घाटन


धनगढी । कैलालीको धनगढिमा अनलाइन मल्टिमिडिया सम्बन्धी दुइ दिने तालिम सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासंघ कैलालिको आतिथ्यता र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिको आयोजनामा तालिम सुरु भएको हो ।

प्रदेशस्तरीय दुई दिने प्रशिक्षण तालिमको शनिबार प्रदेश प्रमुख नजिर मियाँले उद्घाटन गरे ।

पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहको सभापतित्वमा कार्यक्रम भएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply