बिहि, बैशाख २४, २०८३

होटल व्यवसायी संघद्वारा अनाथ बालबालिकालाई खाना खुवाएर संविधान दिवस मनाईयो


कञ्चनपुर, होटल व्यवसायी संघ कञ्चनपुरले फरकशैलीमा संविधान दिवस मनाईएको छ ।

होटल व्यवसायी संघ कञ्चनपुरले बिहीबार अनाथ बालबालिकहरुलाई खाना खुवाएर संविधान दिवस मनाएको हो ।

होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको समाजकल्याण बाल अनाथालयमा बस्दै आएका बालबालिकाहरुलाई खाना खुवाएको बताए ।

अध्यक्ष रेग्मीले अनाथ बालबालिकाहरुलाई पनि संविधान बारे जानकारी एव समाजिक सेवाका लागि दिवस मनाएको बताए ।

अध्यक्ष रेग्मीले बालबालिकालाई खान खानका लागि ३०थान थाली सहित एकदिन बालबालिकाहरुसंगै खाना खाएको बताए ।

कार्यक्रममा होटल व्यवसायी संघ कञ्चनपुरका निर्वतमान अध्यक्ष जगदिशचन्द्र भट्टले अनाथ बालबालिकाहरुलाई पनि संविधान दिवसमा खुसियाली मनाएको बताए ।

समाजकल्याण बाल अनाथालयका उपाध्यक्ष हिरा चन्दले अनाथ बालबालिकाहरुको अवस्था दयनिय भएकाले राज्यले हेनुपर्नेमा जोडदिए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले नेपालको उत्कृष्ट संविधान भएको बताए ।

होटल व्यवसायी संघ कञ्चनपुरका महासचिव नवराज जोशीले संचालन गरेको कार्यक्रममा सरोकारवालाको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply