बुध, बैशाख २३, २०८३

जन्मदिनमा पत्रकार भुपेन्द्र ओलीद्वारा पत्रकार कल्याण कोषमा आर्थिक सहयोग


कञ्चनपुर। कञ्चनपुर बाट प्रकाशित हुने दोधराचाँदनी खवरका प्रकाशक पत्रकार भुपेन्द्र ओलिले नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषमा आर्थिक सहयोग गरेका छन ।

महासंघ कंचनपुरको कल्याण कोषको स्थापनार्थ आफ्नो जन्मदिनको अवसरमा पत्रकार ओलिले ५ हजार १ सय १ रुपैया आर्थिक सहयोग गरेका हुन ।

 पवित्र भावनाका साथ  महासंघले पत्रकारहरुको हितमा खर्च गर्ने गरि स्थापना गर्न लागेको पत्रकार कल्याण कोषको स्थापनार्थ  सकेको सहयोग गरेको उनले बताएका छन ।

आगामी दिनहरुमा अझै सहयोग गर्ने समेत उनले प्रतिबद्धता जनाए । नेपाल पत्रकार महासंघ शाखा कंचनपुरका अध्यक्ष सुरेश सिंह धामिले पत्रकार महासंघले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषको स्थापनार्थ दोधराचाँदनी खवरका प्रकाशक पत्रकार ओलिले सक्दो सहयोग गरेको प्रती धन्यबाद ब्यक्त गरे ।

आगामी दिनहरुमा पनि  दोधराचाँदनी खवरका प्रकाशक पत्रकार ओलिले पत्रकार महासंघलाइ सहयोग रहने बिश्वास ब्यक्त गरे ।      

अध्यक्ष धामिले अन्य ब्यक्ती हरुले समेत पत्रकार कल्याण कोषमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेकोले सबै सहयोग हुने आसा ब्यक्त गरेका छन ।   

कंचनपुरमा संचारकर्मी पत्रकारहरुलाइ घटना , दुर्घट्ना, गम्भीर रोग र पत्रकार वा परिवारका सदस्यहरुको देहान्त भएको समयमा थोरै भएपनी पत्रकार कल्याण कोषको ब्याज रकम बाट आर्थिक सहयोग गर्ने मनसायले  पत्रकार कल्याण कोष कंचनपुरको स्थापना हुन लागेको उनको भनाइ छ ।

पत्रकारहरु कुनै घटना दुर्घटनामा पर्दा वा बिरामी हुदाँ आर्थिक समस्याको मारमा पर्ने गरेको र आर्थिक जोहो गर्न समस्या हुने भएकाले थोरै भएपनी पत्रकार कल्याण कोषको स्थापना गरि आर्थिक सहयोग गर्ने मनसायले महासंघ शाखा कंचनपुरले कल्याण कोषको स्थापना गर्न लागेको महासंघ शाखा अध्यक्ष  धामिले बताएका छन ।        

पत्रकार कल्याण कोष एक पबित्र र पुण्य कार्य भएकोले महासंघका शाखा सदस्यहरु लगायत अन्य क्षेत्रका सबै ब्यक्तिहरुलाइ  सकेको आर्थिक सहयोग गर्न समेत धामिले आह्वान गरेका छन ।        

एक एक थोपा बाट समुद्र बन्ने भएकोले सबैलाई आर्थिक सहयोग गर्न समेत उनले आग्रह गरेका छन ।     सवै क्षेत्रका व्यक्तिले पत्रकार कल्याण कोषको स्थापनाको लागि सहयोग गर्ने समेत उनले आशा ब्यक्त गरेका छन  ।

सम्बन्धित समाचार

Leave a Reply