आइत, असार ७, २०८३

सुदूरपश्चिमको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी बहादुरसिंह थापालाई


कञ्चनपुर। सुदूरपश्चिमको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्हालेका छन् ।आजबाट भारत भ्रमणमा गएका मुख्यमन्त्री कमलबहादुर शाहले आफू भारतमा रहदासम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई दिएका हुन् ।बजेट तयारीको संहारमा भारतमा भ्रमणमा निस्किएका शाहले यो बेला आफ्नो भारत भ्रमणले बजेट तयारीमा असर नपर्ने बताए ।“कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मैले आर्थिक मन्त्रीलाई नै सुम्पेकाले बजेटको तयारीमा कुनै समस्या हुँदैन” उनले भने । भारत सरकारको आमन्त्रणमा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । टोलीले एक हप्तासम्म दिल्ली, देहरादुन र लखनउमा बिताउने बताइएको छ ।भ्रमणको क्रममा मुख्यमन्त्री शाहले दिल्लीमा संघीय मन्त्रीहरू, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

Leave a Reply