बिहि, बैशाख २४, २०८३

बेलडाँडीमा अनन्ते मेला शुरु


बेलडाँडी। कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिकामा अनन्ते मेला शुरु भएको छ । बेलडाँडी गाँउपालिका २ बडुवाल टोलमा रहेको कालिका मन्दिरमा बुधबारदेखि अनन्ते मेला शुरु भएको हो ।

कालिका देवी मन्दिर समितिको आयोजनामा शुरु भएको अनन्ते मेलाको बेलडाँडी गाँउपालिका प्रमुख हरिशन्द्र राना, उपप्रमुख शान्ति नाथ लगायतका जनप्रतिनिधीले उद्घाटन गरेका छन ।

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले आफ्नो लोक संस्कृति सरक्षणका लागि कालिका देवी मन्दिर समितिले गरेको प्रयास सरानिय भएको बताएका छन । बेलडाँडी प्रमुख रानाले आगामी दिनमा धर्म संस्कृति प्रर्बद्धनमा सहयोग गर्ने बचन दिए ।

बेलडाँडी उपप्रमुख शान्ति नाथले धार्मिक पर्यटन प्रर्बद्धनका साथै कला संस्कृतिको सरक्षणमा जोडदिए । कालिका देवी मन्दिर समितिका अध्यक्ष श्याम बहादुर बडुवालले हरेक बर्षझै यस बर्षपनि अनन्ते मेला संचालन गरिएको बताए ।

उनका अनुसार अनन्ते मेलामा देउडा कार्यक्रम गरिएको छ । तीनदिनसम्म संचालन हुने मेलामा सुदूरपश्चिमको लोक देउडा खेलिनेछ ।

सम्बन्धित समाचार

Leave a Reply