बिहि, बैशाख २४, २०८३

झर्नाखोलामा तटबन्ध निर्माण गर्न सासंद तामाङ्गको माग


कञ्चनपुर, बैशाख १५ प्रतिनिधी सभा सदस्य(सांसद) तारालामा तामाङ्गले विपद्को उच्च जोखिममा रहेको कञ्चनपुरको झर्नाखोलामा तटबन्ध निर्माण गर्न माग अघि सारेका छन ।

सोमबार प्रतिनिधी सभा बैठकमा बोल्दै सांसद तामाङ्ग आफ्नो निर्वाचन क्षेत्र १बेलडाँडी र बेलौरी भएर बग्ने झर्नाखोलामा तटबन्ध निर्माणको माग अघि सारेका हुन।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बेलडाँडी गाँउपालिका १ र बेलौरी नगरपालिका ९को सीमा भएर बग्ने झर्नाखोलाले विगतका बर्षहरुमा उर्बराभूमि क्षतिकरण भईरहेको ईङगित गर्दैै सांसद तामाङ्गले यथाशिघ्र तटबन्ध र गत बर्ष वाढीले भत्किएको पुल पुलेसा निर्माणमा जोडदिएका छन ।

झर्नाखोलासगै दोदानदी, महाकाली सहितका नदीखोला नियन्त्रणका लागि सरकारले योजना ल्याउनुपर्नेमा जोडदिएका छन ।

बर्षनी झर्नाखोला, दोदा महाकालीले नागरिक भयाभह भईरहेको भन्दै समयमै तटबन्ध निर्माण गर्न आग्रह गरेका छन ।

देशका तीन सरकार भएपनि झर्नाखोला सहितका नदीखोला नालामा सरकारले तटबन्ध निर्माणका लागि चासो समेत नदेखाएको चुनावका बेला जनताले उम्मेदवार, नेता दल समक्ष आवाज उठाउँदै आएका छन।

सम्बन्धित समाचार

Leave a Reply