बिहि, बैशाख २४, २०८३

चिकित्सकको आन्दोलन जारी


कञ्चनपुर, १४बैशाख नेपाल चिकित्सक संघको अगुवाईमा देशभरका चिकित्सक आन्दोलनमा होमिएका छन । चिकित्सा शिक्षा आयोगको १६औँ बैठकका निर्णय कार्यान्वयनको माग अघि सार्दै नेपाल चिकित्सक संघ आन्दोलनमा होमिएको हो ।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिल बिक्रम कार्कीले हस्ताक्षर गरेको विज्ञप्तीमा निजी तथा सरकारी मेडिकल कलेज प्रतिष्ठानका आबासीय चिकित्सकलाई पारिश्रमिक सहितका सुविधा दिनुपर्नेमा जोडदिएका छन ।

नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष एव सुप प्रदेशका संयोजक डा. प्रशान्त भट्टले आन्दोलन जारी रहेको बताए ।

उनका अनुसार कञ्चनपुरको महाकाली सहितका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सक आन्दोलनमै रहेको छ । आकस्मिक कक्षमा सेवा लिन आउने बिरामीलाई भने नर्फकाएको बताए ।

स्वास्थ्य जस्तो अति मानविय सम्वेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक आन्दोलन हुँदा पनि सरकारले वास्ता नराखेको भन्दै नागरिक समाजले समेत सरकारले आलोचना गरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply