शुक्र, असार ५, २०८३

“राज्यको करोडौं लगानी खेर: महेन्द्रनगर सभागृह सञ्चालनविहीन सात वर्षदेखि”


कञ्चनपुर, बैशाख १४ जिल्ला सदरमुकाम भीमदत्त नगरपालिका–४ स्थित निर्माण भएको सभागृह प्रयोग विहीन बनेको छ। विसं ०७५ मा निर्माण सम्पन्न भएको उक्त सभागृह हालसम्म प्रयोगमा आउन सकेको छैन। तीन तले सुविधा सम्पन्न सभागृहमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउण्ड पार्किङको सुविधा पनि छ।

तर, निर्माण सम्पन्न भएको सात वर्ष बित्दासमेत उक्त सभाहल सञ्चालनमा आउन सकेको छैन।तत्कालीन महेन्द्रनगर नगर विकास समितिले आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह अहिले भीमदत्र् नगरपालिका मातहत छ। तत्कालीन नगर विकास समिति अहिले भीमदत्र् नगर विकास समिति बनेको छ। सभा हल सञ्चालनमा ल्याउने दायित्व भीमदत्र् नगरपालिकाको भए पनि नगरपालिकाले सभाहल सञ्चालनमा ल्याउन सकेको छैन।

निर्माण सम्पन्न भएको वर्षौसम्म सभागृह सञ्चालनमा आउँदा जीर्ण बन्दै गएको छ। नगरपालिकाको नेतृत्वले चासो नदिदा करोडौँ लगानीमा निमार्ण भएको सभागृह जीर्ण बन्दै गएको यहाँका स्थानीय बताउँछन। ‘तत्कालीन नगरविकास समितिले जुन उद्देश्यका साथ सभागृह निर्माण गरेको त्यही उद्देश्य अनुरुप सभागृह सञ्चालनमा आउनुपर्छ।’ स्थानीय विष्णुप्रसाद जोशीले भने, ‘राज्यको करोड लगानी भएको संरचना प्रयोगविहिन बन्नुहुँदैन।

’ कञ्चनपुरमा सभागृह नहुँदा ठुला कार्यक्रम सञ्चालन गर्न समस्या हुने गरेको उनले बताए। ‘निर्माण सम्पन्न भएको सात वर्ष पुग्न थाल्योे अझैपनि सञ्चालनमा आउन सकेको छैन।’ स्थानीय टेक सिंह नायकले भने, ‘सभागृहको कतिपय ठाउँमा भवन नै चर्किएको छ ढोका र झ्याल फुटेका छन।’ उनले सभाहल सञ्चालन गर्ने दायित्व नगरपालिकाको भएकाले पालिकाले सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने बताए।

भीमदत्र् नगरपालिकाले सभागृह सञ्चालनका लागि कार्यविधि बनाएर सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ। ‘सभागृह सञ्चालनका लागि मापदण्ड बनाएर नगर विकास समितिको बैठकबाट पास गर्नुपर्छ।’ नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले भने, ‘नगर विकास समितिकै बैठक बस्न सकेको छैन।

’ नगरपालिकाले यसअघि सभागृह सञ्चालनका लागि समिति बनाएर अध्ययन गरेको थियो। उक्त समितिले सभागृह सञ्चालनका लागि कार्यविधि बनाएर नगरपालिकालाई दिइसकेको छ। पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको साँढे पाँच बिघा जमिन क्षेत्रफलमा सभागृह निर्माण गरिएको छ।

अपाङ्गमैत्री सभागृहमा एक हजार जना अटाउने क्षमता छ। ०६५ सालमा श्यामसुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी ६ करोड ८१ लाखमा सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। सम्झौता हुँदाको इस्टमेट र डिजाइन परिवर्तन भएपछि ठेक्का रकम एक करोड ७)० लाख बढाएर आठ करोड ५१ लाखमा सभागृह निर्माण सम्पन्न भएको थियो। संचालनमा नआएपछि ठुला कार्यक्रम सचालन गर्न असहज भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply