शुक्र, असार ५, २०८३

नयाँ बानेश्वरमा शिक्षकको निषेधित क्षेत्र तोड्ने प्रयास


काठमाडौं । गत चैत २० गतेदेखि काठमाडौंको माइतीघर–नयाँ बानेश्वर सडकमा शिक्षकहरु निरन्तर आन्दोलन गरिरहेका छन ।

आन्दोलनको २५ औं दिन आज शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् ।

माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर क्षेत्र अघि बढेका शिक्षकले बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् ।

शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले उनिहरुलाई रोकेको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुको आन्दोलनमा उत्रिएका छन ।

शिक्षकहरूले शैक्षिक हड्ताल आन्दोलन गरेको २५ दिन पुगेको छ ।

आज बिहानमात्रै सिंहदरबारमा वार्ता पनि भएको थियो । तर, वार्ता निष्कर्षमा पुगेको छैन ।

बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिइसकेको छ ।

सम्बन्धित समाचार

Leave a Reply