कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाले १२ औँ राष्ट्रिय विज्ञान दिवस मनाएको छ । भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले मंगलबार १२औँ राष्ट्रिय विज्ञान दिवस मनाएको हो । शिक्षा युवा तथा खेलकुद शाखा प्रास कलावती मिश्र(भट्ट)ले आधारभूत तर्फ ईन्टरनेशनल र माध्यामिक तर्फ महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण) प्रथम भएका छन ।

आधारभूत तर्फ दोस्रो निङलाशैनी मावि गोबरैया, तेस्रो महेश्वर मावि सुकासाल, सान्त्वना तर्फ महेन्द्रनगर मावि(साधारण) भएको छ । भने, मावि तर्फ दोस्रो इन्टरनेशल मावि र तेस्रोमा लक्ष्मी मावि खैरभट्टी र सान्त्वना तर्फ लक्ष्मी मावि खैरभट्टी भएका छन । आधारभूतमा ११ र माविमा १० विद्यालय सहभागि भएका थिए ।
महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण)का विज्ञान शिक्षक गंगादत्त भट्टले संयोजन गरेका थिए । विजेता विद्यालयका विद्यार्थीलाई संविधान दिवसका दिन पहिलो, दोस्रो, तेस्रो र सान्त्वना तर्फ क्रमस ५, ३, २ र १ नगद पुरस्कारका साथै प्रमाण पत्र वितरण गरिनेछन । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले विद्यार्थीमा पढाईका अतिरिक्त विद्यार्थीको सिकाईका लागि अतिरिक्त कार्यक्रम संचालन गरेको बताए ।

