मङ्ल, असार २, २०८३

SEE पछि के गर्ने? SARC एजुकेशन फाउन्डेशनको ब्रिज कोर्स उत्तम विकल्प!


महेन्द्रनगर, कञ्चनपुर – SEE परीक्षा सकियो, अब के गर्ने होला भन्ने सोच्दै हुनुहुन्छ? साथीहरू कसैले साइन्स, कसैले म्यानेजमेन्ट त कसैले A-लेभल लिने भन्ने कुरा गर्दै होलान्। के तपाईंलाई पनि सही निर्णय गर्न गाह्रो भइरहेको छ? त्यसो भए SARC एजुकेशन फाउन्डेशनको ब्रिज कोर्स तपाईंका लागि उत्तम विकल्प हुन सक्छ!SARC ले अनुभवी शिक्षक र आधुनिक सुविधा सहित उत्कृष्ट शैक्षिक नतिजा सुनिश्चित गर्दै आएको छ। यहाँ अध्ययनरत विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास कार्यक्रम तथा करियर मार्गदर्शन प्रदान गरिन्छ, जसले उनीहरूको सर्वाङ्गिण विकासलाई टेवा पुग्छ।यस कोर्सले विद्यालय तह र उच्च शिक्षाबीचको दूरी घटाउने मात्र होइन, खाली समयलाई प्रभावकारी बनाउने सुनौलो अवसर प्रदान गर्छ। यहाँ अनुभवी शिक्षकहरूको मार्गदर्शन, नयाँ साथीहरूसँग रमाइलो सिकाइ वातावरण र आधुनिक शिक्षण पद्धति उपलब्ध छ।ब्रिज कोर्स किन आवश्यक?SEE सकिएपछि कुन विषय रोज्ने, कुन कलेजमा भर्ना हुने, भविष्यको योजना कसरी बनाउने भन्ने बारे धेरै विद्यार्थी अन्योलमा हुन्छन्। यही अन्योल हटाउन SARC ब्रिज कोर्स आएको हो!

सम्बन्धित समाचार

Leave a Reply