खडक रावल, कञ्चनपुर। दुई महिना अघि मात्रै वाढीबाट विस्थापित भएका कञ्चनपुरका स्थानीय फेरी विस्थावित भएका छन । गत असार अन्तिम साता आएको वाढीले विस्थापित भएका करिब २सय घर परिवार पुन विस्थापित भएका हुन । बिहीबारदेखि अबिरल रुपमा परिरहेको बर्षातले कञ्चनपुरका नदी खोला तटिय क्षेत्रका बस्ती डुवानमा परेका छन । बर्षा नरोकिएपछि नदी खोलाको सतह बृद्धि भएसंगै जिल्लाका विभिन्न स्थानमा गाँउबस्ती डुवानमा परेका छन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले दोदा नदीले पुनर्वास नगरपालिका ५सिमरी रातोखोले, दशरथ बस्तीका झण्डै ७० परिवार विस्थापित भएको बताए । प्रजिअ सापकोटाका अनुसार दोदासंगै भुजेला खोलाले पनि भीमदत्त नगरपालिका ११, १२ र १३का झण्डै ३०÷४० परिवार र जगबुण नदीले दोधाराचाँदनी नगरपालिका ३पटराखल्लाका २७ परिवार, १० निसानी टोलका ४०, कुतियाकबरका टोलका झण्डै ४० परिवार विस्थापित भएको बताए । ‘अहिले पानी घटिरहेको छ, बर्षा पनि भएको छैन, शनिबार बिहानसम्मै यस्तै मौषम रहे पटराखल्ला बाहेक अन्य क्षेत्रका वाढी पीडित घर फर्किने अवस्था छ, ‘प्रजिअ सापकोटाले भने, ‘यस अघि पनि पटराखल्लाका वाढीपीडित ढिलोगरी घर फर्किएका थिए ।’ सबै ठाँउका वाढीपीडित नजिकैको विद्यालय, सार्वजनिक स्थलमा सुरक्षित बसेका छन । यस अघि चौधर नदीले बेलडाँडी गाँउपालिका ५ईमलिया स्थित महाकाली सिँचाईको नहर भत्काएर गाँउमा पसेको थियो । अहिले पनि उक्त स्थानबाट चौधर नदी गाँउ पसेको छ । बेलडाँडी गाँउपालिका प्रवक्ता गज बहादुर विष्टले असारमा गाँउ पसेको चौधर नदी पुन गाँउतिर पसेको बताए । बेदकोट नगरका स्थानीय अगुवा राजुराम सार्की(भुल)ले चौधर नदीले बेदकोट नगरपालिका ४ बैतडा स्थित ज्ञानज्योति बाल विकास केन्द्र, प्राङ्गणको अन्दाजी ५ कठ्ठा जग्गा, राम भुलको ३ कठ्ठा जग्गा, मदन भुलको ५ कठ्ठा जग्गा, धनगिरी ओडको ७ कठ्ठा जग्गा र गोबिन्द खड्का, मोहन भुल, उत्तरे भुल, दानी भुल, हरिस भुल, ठेसे भुल, शंकर भुल, गणेश भुल, कृष्ण ओड, सीता भुल, दिपक भुल, धर्मराज ओड लगायतका व्यक्तिको अन्नबाली डुबान एवम् पटान गरेको बताए । साथै सार्कीपार्की टोलको पानी पिच गरेको झण्डै तीनसय मिटर सडक समेत बाढीले भत्काएको छ । महाकाली नदीमा ठोक्कीर चुरे भएर बग्ने भुजेला खोला गाँउमा उल्टिएपछि भीमदत्त नगरपालिका ११, १२ र १३का गाँउबस्ती डुवानमा परेका छन । भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले भुजेला खोला महाकाली नदीसंग ठोक्कीएर खोला गाँउ उल्टिएको बताए । वडाध्यक्ष थापाले तीनै वडाका झण्डै डेढसय घर डुवानमा परेको बताए । दुई महिनामै वाढीको चपेटामा कञ्चनपुरका जनता मारमा परेका छन । दुई महिना अघि मात्रै गत असार तेस्रो साता आएको वाढीले विस्थापित भएका नागरिक अहिले फेरी वाढीकै चपेटामा परेका छन । वाढीबाट फर्किएको दुई महिनामै फेरी विस्थापित भएपछि उनीहरु थप मारमा परेका हुन । अबिरल बर्षातले महाकाली, दोदा, चौधर सहितका ठुला नदी मात्रै नभई साना खोला नदीको कटानी, डुवान रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले वाढी प्रभावित नागरिकहरुलाई सुरक्षित स्थानमा सार्ने काम भएको बताए । महाकाली नदीमा शुक्रबार दिउँसो ४लाख १९ हजार क्युसेक पानीको सतह समेत घटिरहेको छ । शारदा ब्यारेजमा शुक्रबार ठुला सवारी साधन आवागमनमा रोक लगाएको थियो । दोदा नदी पुन सिमरी गाँउपस्दा पुनर्वास–धनगढी हुलाकी सडकमा आवागमन रोकिएको थियो । शुक्रबार साँझदेखि बर्षा रोकिएको नदीखोला नालाको सतह घट्दै गएपछि कटानी भईरहेको छ ।

