कञ्चनपुर/ कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा चौथो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सोमबारदेखि सुरु भएको छ । ‘कृषि, पर्यटन उद्योग र व्यापार, समृृद्ध बेलौरीको आधार’ भन्ने मूल नारासहित सुरु भएको मेलाको उद्घाटन बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले गरे ।
बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा मेला सुरु भएको हो, जुन २१ कात्तिकसम्म चल्नेछ ।मेयर चौधरीले निजी र सरकारी क्षेत्रको संयुक्त साझेदारीमा सञ्चालन भएको मेलाले नगरकै कृषि, पर्यटन, औद्योगिक विकासमा टेवा पुर्याउने बताए ।
मेलाले नगरको कृषि प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । कृषि, उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकास गर्दै स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य रहेको आयोजक संस्था बेलौरी उद्योग वाणिज्य संघले जनाएको छ ।

