२०८३ कार्तिक ९, सोमवार

भ्रमण खर्चको विवादमा इन्जिनियर र लेखापालबीच झडप, दुवै घाइते


डडेल्धुरा । संघीय सरकार मातहत रहेको डडेल्धुरा खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा कर्मचारीहरुविच कार्यालयमै कुटाकुट भएकोछ । शुक्रबार दिउँसोतिर डडेल्धुरा खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा कर्मचारीहरुविच कार्यालयमै कुटाकुट भएको हो ।

कार्यालयमा योजनाहरुमा आउने कमिसन बाँडफाँड लगायतका विवित विषयमा ईन्जिनियर मनोज कुमार दास र लेखापाल राजेन्द्र बहादुर थापाविच कुटाकुट भएको जनाएको छ ।

भ्रमण खर्चको विषयमा भएको दावि गरेपनि ठेकेदार, व्यवसायीबाट आउने कमिसन वितरणमा विवाद भएको केही कर्मचारीको भनाई छ । कुटपिट भएपछि दुवै कर्मचारी घाईते भएका छन । अनि दुवैले एक अर्का बिरुद्ध उजुरी दिने तयारी छ ।

सरकारले सार्वजनिक निकायमा सुशासन, भ्रष्टाचार मुक्त लक्ष्य अघि सारेपनि उक्त कार्यालयमा भ्रष्टाचार कमिसन, रकमकै विषयमा यसरी कर्मचारी एक आपसमा कुटाकुटले सरकारलाई चुनौती थपिदिएको छ । कर्मचारी नै एक आपसमा भिड्न थालेपछि सेवाग्राही जनता हैरान भएका छन । उक्त घटनाको छानबिन गरेर दुवै कर्मचारीमाथि कार्बाहीको माग अघि सारिएको छ ।

सम्बन्धित समाचार