कञ्चनपुर, साउन २९ नेपाली काँग्रेसका निर्वतमान पाटी सभापति एव पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले जनतासंग कुनैपनि शक्तिले जित्न नसक्ने बताएका छन । जेनजी आन्दोलनपछि उपचारका लागि सिङगापुर गएका देउवा लामो समयपछि बिहीबार स्वदेश फिर्ता भए लगत्तै गर्जिर्दै नेपाली जनतासंग खेलवाड नगर्न चेतावनी समेत दिएका छन ।
देउवाले राजाले नेपाली जनतासंग नसकेको उदाहरण बताउँदै अरुले के सक्लान भन्दै संविधान र लोकतान्त्रिक गणतन्त्र बिरुद्धमा हुने कुनैपनि गतिबिधी स्वीकार्य नहुने बताउँदै आफूहरूले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको बताए । ‘मैले हाम्रो युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै सुनेको छु।
म स्पष्ट रूपमा भन्न चाहन्छु– नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको छ। विश्व बदलिएको छ, र हामी पनि समयको गतिसँगै अघि बढ्नुपर्छ भन्ने सत्यलाई हामी स्वीकार गछौैँ ।’ जेन–जी आन्दोलनका क्रममा आफूले भौतिक पीडा सहे पनि आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा त्यतिवेला नै राखेको देउवाले स्मरण गराएका छन्।
तर, परिवर्तनको अर्थ विगत खराब थियो भन्ने नभएको प्रस्ट पार्दै उनले भनेका छन्, ‘परिवर्तनको अर्थ विगत खराब थियो, हाम्रा पुस्ताको त्याग, बलिदान र संघर्ष खराब थियो भन्ने होइन। हाम्रो पुस्ताले लामो समय लोकतन्त्र, स्वतन्त्रता, विभिन्न जातजाति, क्षेत्र, समुदायको अधिकारका लागि लड्नुप¥यो। मुलुकमा पद्धति बनाउन समय खर्चिनुप¥यो।
विगतका यी ऐतिहासिक कामलाई नकारात्मकता फैलाउने भाष्य कोही पनि सच्चा नागरिकका लागि स्वीकार्य हुँदैन।’ देउवाले आफूहरूबाट भएका कमी–कमजोरीलाई स्वीकार गर्दै समुन्नत मुलुक निर्माणमा सबै पक्षको हातेमालो आवश्यक रहेको धारणा अघि सार्दै पाटी एकतामा जोड दिएका छन । देउवाको स्वदेश फिर्तीमा हजारौँ नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

