शनि, साउन १६, २०८३

सुदूरपश्चिममा छिट्टै नयाँ सरकार, खगराज भट्ट मुख्यमन्त्री बन्ने


कञ्चनपुर ,सुदूरपश्चिम प्रदेशमा छिट्टै नयाँ सरकार गठन हुने भएको छ। नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार नेकपा संसदीय दलका नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ।

केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा नेकपाभित्र मुख्यमन्त्री चयनलाई लिएर किचलो भएको भन्ने चर्चा भए पनि ती दाबी निराधार रहेको नेपाली कम्युनिष्ट पार्टीका सुदूरपश्चिम इन्चार्ज भानुभक्त जेशीले बताउनुभएको छ ।

नेकपा संसदिय दलमा सुदूरपश्चिममा कुनै किचलो र समस्या नरहेको भन्दै सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह अल्पमतमा परेको भएपनि उहाले आधिकारीक रुपमा राजिनामा नदिएका कारण सरकार निर्माणमा केही ढीलाइ भएको उहाको भनाइ रहेको छ । पुरानो सरकारले मार्ग प्रसस्त गर्ने बित्तिकै नयाँ सरकार बन्ने उहाको भनाइ रहेको छ ।

नेकपा संसदीय दलका नेता खगराज भटट स्वभाविक रूपमा मुख्यमन्त्री बन्ने र बाकी दुबै दलका मन्त्रालय बाटफाटका कुरा समेत चाडै टुंगिने उहाले बताउनुभएको छ । नेकपाका सांसद ओम बिक्रम भाट सरलले कमल शाह नेतृत्वको सरकारको बहिर्गमन संगै नेकपा संसदीय दलका नेता खगराज भट्ट स्वभाबिक रूपमा मुख्यमन्त्री बन्ने भन्दै यसलाइ अनावश्यक हुदै नभएको विवाद र मिडिया ट्राइलको बिषय नबनाउन पनि आग्रह गर्नुभएको छ ।

असाढ ३१ गते एमालेबाट सरकारमा रहेका मन्त्रीहरूलाइ कमल बहादुर शाहले बर्खास्त गरेपछि सत्ता साझेदार दल नेकपा एमालेले असाढ ३१ गते नै समर्थन फर्ता लिएको थियो । ततपश्चात मुख्यमन्त्री कमह बहादुर शाह अल्पमतको सरकार चलाइरहेका छन ।

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सत्ता सहकार्यको समझदारी गरेसंगै सुदूरपश्चिममा मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाउने सम्भावना छैन । एक महिनाभित्र विश्वासको मत परिक्षण गर्न पाउने संबैधानिक व्यवस्था अनुरूप उहाले संसदमा विश्वासको मत परिक्षण भने गर्न पाउने छन ।

नेकपा एमाले र नेकपा भने पार्टीको सहमती अनुसार सरकार निर्माणको छलफलमा जुटेका छन । कर्णाली र सुदुरपश्चिम गरी दुइ देशमा सरकारको नेतृत्व पाएको नेकपाले कर्णाली प्रदेशमा नेकपा संसदीय दलका नेता मंगल बहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भैसकेका छन ।सुदुरपश्चिममा पनि छिट्टै सरकार गठन हुने दुबै दलका नेताहरूको भनाइ रहेको छ ।

सम्बन्धित समाचार