काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको जिम्मेवारी पनि हेरफेर गरेको छ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको काज सरुवा सूचीअनुसार प्रहरी निरीक्षक सरिता मगरलाई वडा प्रहरी कार्यालय रामबजार, कास्की, यशोदा घलेलाई प्रहरी प्रभाग बाँडेगाउँ, ललितपुर, मधुसुदन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरी, सुरेन्द्रविक्रम बर्तौलालाई इलाका प्रहरी कार्यालय हरिवन, सर्लाही तथा दीपक खरेललाई इलाका प्रहरी कार्यालय गोलबजार, सिराहामा काज सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयले संगठनको आवश्यकता र कार्यसम्पादनलाई मध्यनजर गर्दै उनीहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ।

