बिहि, साउन १४, २०८३

गोलबजारमा गोली लागेर युवकको मृत्यु


काठमाडौं । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ ।

बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा गोली लागेर गोलबजार–३ का गणेश यादवको मृत्यु भएको हो ।

गोलबजार–३ का वडाध्यक्ष धनप्रसाद लामाले यादवको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार घटनामा अर्का एक जना घाइते भएका छन् ।

घाइतेको गोलबजारस्थित स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार