काठमाडौँ । प्रदर्शनका लागि प्रधानमन्त्री निवास, बालुवाटार जान लागेका बिनु यादव र निहारिका राजपुत पक्राउ परेका छन् ।
जिल्ला प्रहरी काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बिहीबार दिउँसो प्रदर्शनका लागि कालो बस्त्रसहित उनीहरु प्रधानमन्त्री निवासतर्फ जान खोज्दा राष्ट्र बैंक चोकमा पक्राउ परेका हुन्।
उक्त क्षेत्र प्रदर्शनका लागि निषेधित भएका कारण पक्राउ गरिएको भट्टराईले बताए । उनीहरुलाई प्रहरी वृत्त, मालिगाउँको हिरासतमा राखिएको छ ।

