बुध, साउन १३, २०८३

ईन्जिनियर खडका घुस सहित पक्राउ मालपोतका कर्मचारी घुस खान छाडलान कहिले ?


कञ्चनपुर, साउन १ नेपालका कर्मचारी भ्रष्टाचार गर्न अग्रमोर्चा अर्थात उत्साहित हुने गरेको आरोप होईन तथ्यले देखाएको छ । देशमा रास्वपा सरकार आएपछि पनि केही कर्मचारी अझै घुस लिन छाड्दैनन् । त्यसको ज्वलन्त उदाहरण हो, एक ईन्जिनियर लाखौँ रकम सहित पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार इलाम, चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौ) डिल्ली राज खड्काले पुलको रिडिजाइन स्वीकृत गराईदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरण गरिदिने प्रयोजनको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट संयुक्त रुपमा खटिई गएको टोलीले निज इन्जिनियर डिल्ली राज खड्कालाई सेवाग्राहीबाट ६लाख रुपैया घुस÷रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित दमक नगरपालिका वडा नं. १ स्थित खाजा घरबाट ३१ असार ०८२मा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

काठमाडौं, मालपोत कार्यालय, टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोध कुमार खनालसमेत २७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको, नोक्सान गरेको, गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ ।

यस्तै मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालय, जानकी गाउँपालिका, वडा नम्बर–३, नयाँ लायकपुर, कैलालीमा कार्यरत बालविकास शिक्षक नन्दा कुमारी शाहीको शैक्षिक योग्यताका प्रमाणपत्रहरु नक्कली रहेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालय, कैलालीमा कार्यरत बालविकास शिक्षक नन्दा कुमारी शाहीले मिति ०६६।०८।०३ मा सोही विद्यालयमा बालविकास शिक्षक पदमा नियुक्ति प्रयोजनको लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट माध्यमिक तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी ओहदा, लाभ र सुविधा प्राप्त गरेकोले निज प्रतिवादीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

जिल्ला कृषि विकास कार्यालय, धनुषाका तत्कालीन कार्यालय प्रमुखसमेतले आ.ब. ०७४÷०७५ मा माछाका भुरा वितरण गर्नको लागि अनुदान प्राप्त भएकोमा केही मात्र माछाका भुरा सरकारी फार्मबाट लिई बाँकी माछाका भुरा व्यक्तिगत फर्मबाट लिएर कृषकहरूलाई बाँड्दै नबाँडेको तथा बाँड्दै नबाडेका कृषकहरूको नाममा नक्कली भरपाईहरू बनाई सरकारी रकम हिनामिना गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान जारी रहेको छ ।

विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस मुद्दामा दोषी ठहर गरेको छ ।मंगलबार विशेष अदालतले पौडेललाई साढे १५ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो । गैरकानुनी सम्पत्तिआर्जनको मुद्दामा न्यायाधीशहरू सुर्दशनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले साढे २ वर्ष कैदको फैसला पनि सुनाएको हो । अकुत सम्पत्ति आर्जनमा २ र पदीय जिम्मेवारीका कारण थप ६ महिना कैदको फैसला विशेषले सुनाएको हो ।

पौडेललाई अकुत सम्पत्ति आर्जन र घुस गरी दुई मुद्दामा दोषी ठहर गरेको हो । अकुत सम्पत्तिसम्बन्धी मुद्दामा १२ करोड ७५ लाख ७० हजार, घुसमा ३ करोड ८ लाख ५० हजार र घुससम्बन्धी अर्को मुद्दामा सजाय निर्धारण हुन बाँकी छ । दुवै मुद्दामा उनले साढे १५ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर विशेषले गरेको हो । दुवै मुद्दामा सुनिल पौडेलले सिंगापुरस्थित विभिन्न बैंकबाट आर्थिक कारोबार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो ।

अख्तियारले पौडेलको घरबाट उपकरण बरामद गर्ने क्रममा सिंगापुरबाट कारोबार भएको विवरण खुलेपछि अकुत सम्पत्तिसँगै घुसमा पनि अभियोगपत्र पेस गरेको थियो । सिंगापुर बैंकमै रकम लुकाएको आरोपमा उनी गैरकानुनी सम्पत्तिआर्जनको मुद्दामा समेत दोषी ठहर भएका हुन् ।विशेष अदालतले १२ करोड ७५ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपसहितको पहिलो मुद्दामा पौडेललाई दोषी ठहर गर्दै दुई वर्षको कैद सजाय गरेको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक समेत भइसकेका पौडेललाई १२ करोड ७५ लाख रुपैयाँ बिगो र त्यति नै रकम जरिवाना हुने फैसलामा भनिएको छ । त्यस्तै पौडेलले पीडित राहत कोषमा ५१ लाख रुपैयाँ समेत जम्मा गर्नु पर्नेछ ।पौडेलले १४ करोड ९७ लाख रुपैयाँ अवैध रुपमा आर्जन गरेको र अन्य सम्पत्तिको स्रोत नखुलेको विशेषको फैसलामा उल्लेख छ ।

सिंगापुरस्थित आधिकारिक निकायबाट प्राप्त पत्र एवं इलेक्ट्रोनिक्स डिभाइसको फरेन्सिक प्रतिवेदनका आधारमा सुनिल पौडेलले सिंगापुरमा बैंक खाता खोलेको समर्थित हुने देखिएको थियो । सिंगापुरमा रहेको उनको खातामा १३ करोड ५३ लाख रुपैयाँ बराबरको विदेशी रकम डिपोजिट पाइएको थियो । यसरी कर्मचारी नगदै पक्राउ, पछि आरोप दायरदेखिका घटनाले नागरिकमा कर्मचारीप्रति हेर्ने दृष्ट्रिकोण फरक रहेको छ ।

सम्बन्धित समाचार