काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपाल सरकारलाई पठाएको इमेलमार्फत एमसीसी फन्डबाट हुने भुक्तानी रोक्ने निर्णय गरेको छ।
नेपाल सरकारले यसबारे २ फागुन २०८१ मा आधिकारिक इमेल प्राप्त गरेको थियो। नेपाल र एमसीसीबीच २०७४ भदौ २९ मा सम्झौता भएको थियो।तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेशअनुसार एमसीसीबाट हुने भुक्तानीसहितका सबै गतिविधि ९० दिनका लागि स्थगित गरिएको छ।
एमसिसी अन्तर्गत नुवाकोटको रातमाटेदेखि बुटवल हुँदै गोरखपुरसम्म चार सय केभीए क्षमताको प्रसारण लाइन निर्माण गरिने, विभिन्न पाँचवटा सडकको स्तरोन्नति गर्ने लगायतका विषयमा सम्झौता भएको थियो।

