मङ्ल, साउन १२, २०८३

कृषि उपज बस्तुको उत्पादनका लागि बेलौरीका किसानलाई कृषि उपकरण


कञ्चनपुर, २४ असार कञ्चनपुरको एक स्थानीय सरकारले किसानलाई कृषि उपकरण वितरण गरेको छ । बेलौरी नगरपालिकाले किसानलाई कृषि उपकरण वितरण गरेको हो । नगरका विभिन्न १०वडाका डेढसय बढी किसानलाई कृषि उपकरण वितरण गरेको जनाएको छ ।

मेयर पोतिलाल चौधरीले कृषि उपजबस्तुको उत्पादन बृद्धिका लागि कृषिमा यान्त्रिकरण कार्यक्रम अनुरुप किसानलाई उपकरण वितरण गरेको बताए । मेयर चौधरीका अनुसार सिचाईका लागि मोटर २हर्ष पावर ९२, मोटर ८हर्ष पावर १७, मिनिपावरटिलर १०, रोटाभेटर ५, कल्टिभेटर १०, पावरटिलर १०, सुगरक्यान मल्चर २, राजादल २, रिपर २, कम्वाईनमिल ५, पावरटिलर चारकक्के १, लेजर ल्याण्डलेवर १, रेजर ९, हेन्चर ५ गरेर एकसय ७१ किसानलाई उक्त समाग्री वितरण गरिएको छ ।

किसानको माग अनुरुप ५०प्रतिशत अनुदानमा नगरपालिकाले किसानलाई मंगलबार एक कार्यक्रमका विच कृषि उपकरण वितरण गरिएको छ । मेयर चौधरीले नगरका १०वटै वडाका किसानहरुलाई वितरण गरिएको बताउँदै उक्त कृषि समाग्रीबाट थप किसानलाई कृषिकाजमा सहजता हुने अपेक्षा राखेका छन ।

मेयर चौधरीले यस अघि पनि कृषि समाग्री वितरण गर्दै आएको र अगाामी दिनमा पनि किसानलाई आत्मनिर्भर बनाउँदै कृषिमै आर्थिक सम्बृद्धिका लागि कृषि समाग्री वितरण गरिएको बताए । बेलौरी नगरपालिकाबाट कृषि समाग्री पाएपछि किसानले कृषि कार्यका लागि सहज भएको बताएका छन ।

सम्बन्धित समाचार