कञ्चनपुर, असार २३ चालु आर्थिक बर्षमा कञ्चनपुर भन्सार कार्यालयले लिलाम गरेका सवारी साधनको विषयमा केही व्यवसायीहरुले टिकाटिप्पणी प्रशन गर्न थालेका छन । आर्थिक बर्ष ०८२÷०८३को अन्तिममा आएर कञ्चनपुर भन्सार कार्यालयले लिलाम गरेका सवारी साधनको विषयमा केही व्यवसायीहरुले टिकाटिप्पणी प्रशन गर्न थालेका हुन ।
भन्सार कार्यालयले नै तयार पारेको मापदण्ड अनुरुप लिलाम सकारेका व्यवसायीले लिलामी गाडी टुक्र्रा पारेर किन नलगेको भन्दै प्रशन गर्न थालेका छन । भन्सार कार्यालयले भन्सार चोरीछली गरेर बरामद गरिएका मोटरसाईकल, ट्रक सहितका सडकमा गुड्न नसक्ने सवारी साधन लिलाम गरेको थियो । लिलामको न्यूनतम कबुल रकम भन्दा ५÷६गुणा बढी रकममा लिलाम गरेपनि व्यवसायीहरुले लिलामी समान टुक्र्रा किन नपारेको विषय उठान गरिरहेका छन ।
लिलाम सर्तको बुँदा ९मा ईन्जिन नम्बर रद्द गरी टुक्र्र गरी कर्वाडको रुपमा सवारी साधन उठाई लैजानुपर्ने भएपनि लिलाम सकारेका मधुसुधन टे«डर्स एण्ड सप्लार्यले जस्ताको तेस्तै सवारी साधन लग्न लागेपछि थरीथरीका टिकाटिप्पणी भईरहेका छन । एक व्यवसायीका अनुसार भन्सारले तयार गरेकै सर्त विपरित लिलाम सकार भएका सवारी साधन जस्ताको तेस्तै लग्ने कार्यप्रति अनेकन शंका उब्जाएको बताउँदै उनले भावि दिनमा पुन बेचबिखन गरेर सडकमा गुडाउने त्यसबाट झन सवारी दुर्घटना हुने बताए ।
‘भन्सार आफै मापदण्ड बनाउने आफै पालना नगर्ने कस्तो हो, ‘उनले भने, ‘कम्तिमा मापदण्ड सर्त त पुरा गर्नुप¥यो ।’ लिलाम सकारप्रति असन्तुष्ट रहेका व्यवसायीले पुन भन्सार लिलामको माग अघि सार्दै टुक्र्रा पारेर मात्रै लैजानुपर्ने अन्यथा चलखेल हुने आरोप लगाएका छन । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले लिलाम समान पूर्णतया कानून अनुरुप भएको जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकारी चक्र्रदेव भट्टले भन्सार नियमावली ०८३ अनुरुप सबै प्रकृया पुरा गरेर लिलाम गरेको बताए ।
उनका अनुसार लिलाम सकार प्राप्त फर्म मधुसुधन टे«डर्स एण्ड सप्लार्यलाई सबै सवारी साधनका चेसिज नम्बर नष्ट र भावि दिनमा कुनैपनि यातायात कार्यालयमा दर्ता नहुने सर्तमा लिलाम गरिएको छ । एकसय ८४थान मोटरसाईकलको न्यूनतम ४लाख, ६० हजारमा बढीबढाउमा कर सहित २०लाख, ७७हजार रुपैयामा लिलाम स्वीकृत भएको छ । भने, दुई ट्रक, एक कन्टेरको २ लाख ७५ हजार न्यूनतम कबुल रकममा कर सहित १४लाख, ७९हजारमा लिलाम स्वीकृत भएको छ ।
‘हामीले लिलामी गरेका सबै सवारी साधनको चेसिज नम्बर पूर्ण नष्ट गरिएको छ, फेरीपनि दर्ता हुनेवाला पनि छैन ‘उनले भने, ‘लिलाम भएका साधन टुक्र्रा पारेर वा कसरी लग्ने विषयमा सम्बन्धीत व्यवसायी जिम्मेबार हुन्छ ।’ भन्सारबाट लिलाम प्रकृयादेखि सकारसम्मका सबै प्रकृया विधी पद्दती कानून अनुरुप भएकाले अहिले न्यूनतम अबुल अक भन्दा निकै बढी रकम राज्यलाई प्राप्त भएकाले सुखत विषय मान्नुपर्ने भन्सारका सूचना अधिकारी भट्टको भनाई छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव राहुल भट्टले कर्बाडमा लिलाम हुने सवारी साधन दर्ता नहुने गरेर लिलाम दर्ता फरक नपर्ने बताए । ‘कानून सम्बद दर्ता नहुने सवारी साधन टुक्र्राएरै लैजानुपर्छ भन्ने छैन, ‘उनले भने, ‘तर कर्वाडमा लिलामको टुक्र्राउने सर्त राख्न नहुने देखिन्छ ।’ महासचिव भट्टले भन्सारले कानून अनुरुपै लिलाम गरेको तर कसैले भन्सारको कामकाजमा सुधारात्मक प्रशनदेखि टिकाटिप्पणीका विषयमा भन्सार र सकारकर्ता जिम्मेबार हुनुपर्ने उनको भनाई छ । भन्सारमा गत विगतमा हुने अनेकन सेटिङ्गको प्रवृतिप्रति नागरिक केही शसकित भएपनि पछिल्लो परिर्वतनसंगै भन्सारका कर्मचारीहरुले कानून अनुरुप मात्रै कामकाज गरेको कतिपयको तर्क छ ।

