डिल्लीराज ,पन्त मेहेन्द्रनगर
कञ्चनपुर का सफल युवा कृषक तथा समाजसेवी दशरथ धानुकले आफ्ना आमा–बुवाको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै महाकाली प्रादेशिक अस्पताललाई दुई वटा ह्विलचेयर सहयोग गरेका छन्।
धानुकका बुवा रामचन्द्र धानुक र आमा हंशा देवी धानुकले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्त मार्फत उक्त ह्विलचेयर अस्पताललाई हस्तान्तरण गरेका हुन्।समाजसेवी धानुकले अस्पतालमा उपचारका लागि आउने अपाङ्गता भएका तथा हिँडडुल गर्न कठिनाइ भएका बिरामीलाई ओहोरदोहोर गर्न सहज होस् भन्ने उद्देश्यले सानो भए पनि सामाजिक उत्तरदायित्व स्वरूप सहयोग गरेको बताए।
अस्पताल व्यवस्थापन पक्षले धानुक परिवारप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक सहयोगले सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।

