बुध, साउन १३, २०८३

निर्मला हत्या प्रकरणः आठ वर्षपछि फेरि अर्को अनुसन्धान समिति, के गर्दैछ ?


कञ्चनपुर। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले ८ वर्ष पूरा हुन लाग्दा प्रहरीले फेरि उच्चस्तरीय अनुसन्धान समिति गठन गरेको छ ।०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । लामोसमय बितिसक्दा पनि घटनाका वास्तविक दोषी पहिचान हुन नसकेपछि प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीको नेतृत्वमा नयाँ समिति गठन गरेको हो ।

دप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गठन गरेको उक्त समितिमा आईजीपी सचिवालयमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडा, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक इन्स्पेक्टरसहित अन्य अनुसन्धान अधिकृतहरू रहेका छन् ।यसअघि पनि विभिन्न समिति गठन गरी अनुसन्धान गरिएको थियो । घटनाको अनुसन्धानमा डीएनए परीक्षणलाई मुख्य आधार बनाइएको थियो।

हालसम्म १२३ भन्दा बढी शंकास्पद व्यक्तिको डीएनए परीक्षण गरिए पनि कुनैसँग नपिल्दा अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन ।प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले अनुसन्धानलाई निरन्तरता दिन नयाँ समिति गठन गरिएको पुष्टि गर्दै समितिले काम गरिरहेको बताएका छन् ।प्रहरी प्रधान कार्यालयले समितिका सदस्यहरूलाई कञ्चनपुरमै खटाएर घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ । यसअघि पनि सीआईबीले लामो समयसम्म यो घटनाको अनुसन्धान गरेको थियो । निर्मला पन्त हत्या प्रकरण नेपालको सबैभन्दा चर्चित र संवेदनशील आप घटनामध्ये एक मानिन्छ ।

के हो निर्मला प्रकरण ?

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्त १० साउन २०७५ मा साथीको घरबाट बेपत्ता भइन् । भोलिपल्ट घरभन्दा १ किलोमिटर टाढा उखुबारीमा उनको शव फेला पर्यो । निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आयो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गर्यो । स्थानीयले विष्ट दोषीनभएको भन्दै आन्दोलन गरे । डीएनए ‘म्याच’ नभएपछि विष्ट छुटे ।

नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्यो ।निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भयो । अपराध अनुसन्धानमा गम्भीर लापर्वाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहितकारी बर्खास्त भए । विभागीय कारबाहीमार्फत बर्खास्त भरका एसपी विष्टसहितका प्रहरीले अदालतबाट सफाइ पाइर छन् ।

सीआईबीले दुई/दुई महिनाको अन्तरमा विभिन्न टोली पठाए पनि अभियुक्त भने पत्ता लगाउन सकेको छैन ।पत्रकार खेम भण्डारी पक्राउनिर्मला प्रकरणमै गाली बेइज्जती मुद्दा मा कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । उच्च अदालतको फैसला कार्यान्वयनका क्रममा भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी टेकबहादुर रावतले जानकारी दिए ।१३ वर्षीया बालिका निर्मला पन्त बलात्कार-हत्या प्रकरणकाविषयमा गाली बेइज्जतीको मुद्दामा भण्डारीलाई उच्चले एक महिना सात दिन कैदको फैसला सुनाएको थियो ।

यसअघि पत्रकार भण्डारीलाई एक महिना कैदका साथै १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति तिराउने फैसला जिल्ला अदालतले गरेको थियो । उच्चले एक महिना सात दिन कैद, १२ हजार एक सय जरिवाना र एक लाख क्षतिपूर्तिको फै गरेको हो ।निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कन्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्टका छोरा किरण बिष्टले उनी विरुद्ध मुद्दा दायर गरेका थिए ।

सम्बन्धित समाचार