कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउपरेका छन् । उच्च अदालतको फैसला कार्यान्वयनका क्रममा भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी टेकबहादुर रावतले जानकारी दिए ।
१३ वर्षीया बालिका निर्मला पन्त बलात्कार-हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा भण्डारीलाई उच्चले कैदको फैसला सुनाएको थियो ।
यसअघि पत्रकार भण्डारीलाई एक महिना कैदका साथै १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति ति फैसला जिल्ला अदालतले गरेको थियो ।उच्चले त्यसैमा सात दिन थप कैद, दुई हजार एक सय थप जरिवाना र एक लाख क्षतिपूर्तिको फैसला गरेको हो।
निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कन्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्टका छोरा किरण बिष्टले उनी विरुद्ध मुद्दा दायर गरेका थिए ।

