मङ्ल, साउन १२, २०८३

लिंगेश्वर धाम : विश्वासको पदचाप र परम्पराको निरन्तरता


कञ्चनपुर।लिंगेश्वर धाम बेदकोटको अर्को महत्वपूर्ण धार्मिक गन्तव्य हो । स्थानीयले ‘लिंगा’ भनेर चिन्ने यस स्थानसँग धेरै पुराना किंवदन्ती जोडिएका छन्। पहाडबाट व्यापार गर्न आउने यात्रुहरू यही स्थानमा बास बस्ने गरेको स्थानीय विश्वास छ। दैवी शक्तिको संरक्षण प्राप्त स्थलका रूपमा परिचित यस धाममा आज पनि हजारौं श्रद्धालु पुग्ने गरेका छन्। यो बेदकोट नगरपालिकाको अर्को महत्वपूर्ण धार्मिक धरोहर हो ।

पहाडको काखमा रहेको यो पवित्र स्थल धार्मिक विश्वास, प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्वको अनुपम संगम हो।लिंगेश्वर दैबी शक्तीको केन्द् हुनुका साथ साथै यस क्षेत्रमा शिव मन्दिर पनि स्थापना गिरएको छ । जहा अउने धामीर्क पर्यटकहरू मोक्ष प्राप्त गनर् र मनोकांषा पुरा गर्ने उदेश्यका साथ याँहा आउने गर्दछन । खोला पारीको डाडामा पहाडसंग जेडिएर लिंगा रहेको छ भने वारीको क्षेत्रमा पहिला दिख नै मन्दर निर्माण गरिएको थियो ।

यो क्षेत्र पिकनिक स्पेर्टसका रूपलेपनि निक्कै चर्चित रहेको छ । शिवलिंगा भन्दा केही तलको क्षेत्रमा पकिनक खान आउनेहरको भीड लाग्छ भने खेलामा नुहाउने रमाइलो गर्ने र तराइको गर्मी छल्न अउनेहरूको पनि ठूलो भीड लाग्नेगरेको छ । विगत कालमापहाडबाट तराइका किनमेल गर्न आउने बटुवाहरू यही स्थानबमा बास बस्ने गर्दथे भन्ने भनाइ रहेको छ अन्य क्षेत्रमा बाघभालु जंगली अन्य जनावरको डर हुने र ये क्षेत्रमा दैबी शिक्तका कारण कुनै क्षति नहुने भएका कारण मानिसहरू यहि बास बस्ने गदर्थे ।

यही विश्वासले यात्रुहरूलाई यहाँ विश्राम गर्न प्रेरित गर्योह, र समयसँगै यो स्थान पूजा–आराधनाको केन्द्रका रूपमा विकसित हुँदै गयो। चट्टानसँग टाँसिएको अनौठो शिवलिङ्ग लिंगेश्वर धामको प्रमुख आकर्षण हो। बेदकेट नगरपालिकाले लंगाको वकासका लिग थुप्रै भैतिक संरचनाहरू निर्माण गरेको छ । लिंगेश्वर धाममा पुग्नु भनेको केवल मन्दिरसम्म पुग्नु होइन ,प्रकृतिको काखमा आध्यात्मिक यात्राको अनुभव गर्नु पनि हो।

यहाँको शान्त वातावरण, स्वच्छ हावा र हरियालीले प्रत्येक आगन्तुकलाई आत्मिक शान्तिको अनुभूति गराउँछ।केही वर्षअघि आएको बाढीले यस क्षेत्रका केही संरचनामा क्षति पुर्यािएको थियो।यद्यपि स्थानीय समुदाय र बेदकोट नगरपालिकाको पहलमा संरक्षण तथा मर्मतका कार्यहरू अघि बढिरहेका छन्, ताकि यो ऐतिहासिक धरोहर भावी पुस्ताका लागि सुरक्षित रहोस्धार्मिक विश्वास अनुसार यहाँ श्रद्धापूर्वक पूजा गरे मनोकामना पूरा हुने जनश्रुति रहिआएको छ।

“केही वर्षअघि आएको बाढीले यस क्षेत्रका केही संरचनामा क्षति पुर्याऐएको थियो। यद्यपि स्थानीय समुदाय र बेदकोट नगरपालिकाको पहलमा संरक्षण तथा मर्मतका कार्यहरू अघि बढिरहेका छन्, ताकि यो ऐतिहासिक धरोहर भावी पुस्ताका लागि सुरक्षित रहोस्।”

सम्बन्धित समाचार