कञ्चनपुर ,लागू औषध बोकेको आरोपमा कञ्चनपुरमा एक जनप्रतिनिधि पक्राउ परेको प्रहरी जानकारी दिएको छ।
रुपा जैरु नाम गरेकी महिला लागु औषध ३० थान एम्फुल सहित शनिवार दिउसो ३ बजे वडा नम्वर १८ साधारण स्कुल अगाडि वाट लागु औषध व्यूरो महेन्द्रनगरको टोलि द्धारा पक्राउ गरी थप अनुसन्धान हुदै गरेको कञ्चनपुर प्रहरी प्रवक्ताले बताएका छन्।
रूपा जैरु भिमदत्त नगरपालिका वडा १८ मा कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएको बताइन्छ।भारत तर्फबाट नेपालमा नियमित जसो लागू औषध ल्याएर नेपालमा युवाहरु समस्या ग्रस्त भएको देखिन्छ। थुनामा र कारागारमा हेर्दा पनि अधिकांश युवा युवतीहरू लागू औषध मुद्दाका रहेको तथ्याङ्कले देखाउँछ ।

