शनि, असार ६, २०८३

दमदार बाइट र सार्क एजुकेसनको सहकार्यमा हाजिरजवाफ प्रतियोगिता


महेन्द्रनगर । गल्ली नम्बर ५ मा रहेको दमदार बाइट र सार्क एजुकेसन को संयुक्त आयोजनामा विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

विद्यार्थीहरूको ज्ञान, प्रतिभा र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई आकर्षक फुड प्याकेज प्रदान गरिएको थियो।

त्यसैगरी चौथोदेखि छैटौँ स्थानसम्मका विद्यार्थीहरूलाई पनि विभिन्न स्वादिष्ट खानेकुराका आइटमहरू पुरस्कारस्वरूप वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा नाचगान तथा मनोरञ्जनात्मक गतिविधिहरूको समेत व्यवस्था गरिएको थियो, जसले सहभागी विद्यार्थीहरूलाई थप उत्साहित र खुसी बनाएको थियो। विद्यार्थीहरूले यस्तो फरक र रचनात्मक कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए।

दमदार बाइटले आगामी दिनहरूमा पनि विद्यार्थीहरूका लागि यस्ता नवीन तथा प्रेरणादायी कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।“विद्यार्थीहरूको प्रतिभा उजागर गर्न दमदार बाइट सधैं प्रतिबद्ध छ।

सम्बन्धित समाचार