कञ्चनपुर, असार ५ कञ्चनपुर महेन्द्रंनगरको एक बैंकले बेदकोट नगर ग्रामिण भेगका विपन्न जेहेन्दार विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेको कामना सेवा विकास बैंकले बेदकोट नगरपालिका ८ गैलनदी क्षेत्रका विपन्न जेहेन्दार विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेको हो । शुक्रबार एक कार्यक्रमका विच कामना सेवा विकास बैक महेन्द्रनगर शाखाले बेदकोट ८ गैलनदीको बैजनाथ माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिका समाग्री सहयोग गरेको जनाएको छ ।
कामना सेवा विकास बैंक महेन्द्रनगर शाखाका म्यानेजर किसन सिह भाटले समाजिक उत्तरदायित्व अन्र्तरगत जेहेन्दार, गरिब, विपन्न दलित, आदिवासी जनजाती समुदायका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेको बताए । म्यानेजर भाटका अनुसार झोला, औजार, कम्प्युटर, कलम, कापी सहितका शैक्षिक समाग्री वितरण गरिएका छन । ‘हाम्रो पनि बंैंकको समाजिक उत्तरदायित्व अन्र्तरगत यसरी ग्रामिण भेगको विद्यालयका विद्यार्थीको अध्ययनमा टेवा पु¥याउने उदेश्यले ग्रामिण भेगको विद्यालय छनौट गरेका हौँ, ‘उनले भने, ‘गत विगतदेखि आगामी दिनमा समेत समाजिक क्षेत्रमा सक्दो सहयोग गछौँ ।’ बैजनाथ मावि गैलनदीका प्रद्यानाध्यापक पदम सिह बोहराले बैंक मार्फत विपन्न जेहेन्दार विद्यार्थीका लागि वितरण गरिएका शैक्षिक समाग्रीबाट विद्यार्थीको अध्ययनमा टेवा पुग्ने भन्दै बैंकप्रति हार्दिक आभार प्रकट गरेका छन । प्रअ बोहराले बैकका म्यानजेर भाट पनि सोही विद्यालयमा अध्ययन गरेकाले अहिले यसरी आफ्नै पुर्व विद्यार्थीबाट अहिले अध्ययनरत विद्यार्थीको पठनपाठनका लागि गरेको कामबाट प्रभावित भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले बैंक मार्फत विद्यालयका विद्यार्थीको पठन पाठनमा गरेको योगदानको कदर गर्दै आभार प्रकट गरेका छन । बैंकबाट निःशुल्क शैक्षिक समाग्री पाएपछि विद्यार्थी अभिभावक हर्षित भएका छन ।

