बिहि, असार ४, २०८३

राहदानी काण्डमा आरजु तानिइन्, दुई दिनभित्र बयान दिनुपर्ने


काठमाडौं । ई–पासपोर्ट खरिद प्रकरणको अनुसन्धानमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा पनि तानिएकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बयानका लागि दुई दिनभित्र उपस्थित हुन म्याद तामेल गरेको छ।

बूढानीलकण्ठ–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठमार्फत म्याद तामेल गरिएको हो। आरजु विदेशमा रहेकाले तोकिएको समयमा बयान दिन आउँछिन् वा आउँदिनन् भन्ने टुंगो छैन ।

गत वर्ष ई–पासपोर्ट छपाइका लागि भएको ठेक्का प्रक्रियामा अनियमितता भएको आरोप लाग्दै आएको छ। ठेक्का प्रक्रियाको निर्णय हुँदा आरजु परराष्ट्रमन्त्री थिइन्।

यही प्रकरणमा परराष्ट्र मन्त्रालयका सहसचिव तथा राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनीलकुमार केसी र ठेकेदार कम्पनीका प्रतिनिधिहरूलाई अख्तियारले नियन्त्रणमा लिइसकेको छ।

सम्बन्धित समाचार