सोम, असार १, २०८३

अतिक्रमण हटाउने क्रममा महिला मजदुरको टेक्पु भिरबाट खसालेको प्रकरणमा वन कार्यालय कैलाली विवादमा


कञ्चनपुर, १असार अतिक्रमण हटाउने क्रममा गोदाबरी नगरपालिका ४की मजदुर महिला धनादेवी धामीको टेम्पु भिरबाट खसालेकोे प्रकरणमा डिभिजन वन कार्यालय विवादमा परेको छ । स्वयम वनकै अधिकारीहरुले अतिक्रमण हटाउने जाने अनि गरिब जनताका सवारी साधन भिरबाट खसाल्ने काम कुन कानुनमा भएको प्रशन गर्न थालेका छन ।

सुपप्रदेश सरकार डिभिजन वन कार्यालय बाजुरका प्रमुख सुरेशचन्द्र डिसीले अतिक्रमण हटाउन जाँदा गरिब मजदुर गरिखाने वर्गको टेम्पु भिरबाट खसाल्ने काम गैर कानुनी भएकाले पीडित धनादेवीलाई कानुनी उपचार खोज्न सुझाव दिएका छन । उता डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामविचार ठाकुरले अतिक्रमण हटाउने क्रममा भौगोलिक अवस्थाले टेम्पु भिरबाट खसेको बताएका छन ।

भने, पीडित धनादेवी धामीले वनकै कर्मचारीले चालु अवस्थामा रहेको टेप्पु जानाजान अमानविय रुपमा खसालेको बताएकी छिन । उक्त घटनाको चौतर्फि बिरोध भईरहेको छ । सत्ताधारी रास्वपादेखि काँग्रेस, एमाले, नेकपा, नेकपा बहुमत, विप्लव, जनमोर्चा सहितका दलहरुदेखि कैलाली, उद्योग वाणिज्य संघ आम नागरिक समाजले यतिसम्म मानविय ज्यादती भएकाले पीडितलाई न्याय दिनुपर्ने माग उठाईरहेका छन । उक्त विषयमा प्रदेश तथा संघीय सासदमा महिला ससददेखि अन्य सासदले मुद्दा उठान गर्ने छ ।

सम्बन्धित समाचार