कञ्चनपुर ,बेलडाँडी गाउँपालिका–१ स्थित झरनासागरमा बाढी तथा डुवानसम्बन्धी सम्भावित विपद्बाट जोगिन समुदायस्तरमै कृतिम अभ्यास सम्पन्न गरिएको छ।निड्स नेपालको आयोजनामा सम्पन्न उक्त अभ्यासमा विपद् व्यवस्थापनसम्बन्धी चेतनामूलक कृतिम अभ्यास दिइएको थियोनिड्स।
नेपालले प्रत्येक वर्ष बाढी, डुवान जस्ता विपद्का बेला जोखिममा पर्ने समुदायलाई उद्धार गर्नसक्ने क्षमताको विकास गर्ने उद्देश्यले यस्तो अभ्यास गर्दै आएको छ।“विपद्को सुरुवाती घडीमा समुदाय स्वयं जिम्मेवार र सक्रिय हुनुपर्छ,” भन्ने मान्यताका साथ निड्सले बस्तीमै पुगेर नमुना अभ्यास गराउँदै आएको हो।उक्त अभ्यासमा स्थानीय बासिन्दा, वडा जनप्रतिनिधि, लगायत सरोकारवाला निकायको सक्रिय सहभागिता रहेको थियो।
“कार्यक्रमकी सहभागी तथा वडा नं. १ की सदस्य गौरीदेवी उपाध्यायले झरनासागर क्षेत्र बर्सातको समयमा बाढी र डुबानको उच्च जोखिममा पर्ने भएकाले समयमै सुरक्षित स्थानमा कसरी पुग्ने भन्ने विषयमा जनचेतना आवश्यक रहेको बताइन्।”कार्यक्रमको सहजीकरण निड्स नेपालकी सामाजिक परिचालक जानकी शाहीले गरेकी थिइन्।
उनले विपद्का बेला राज्यका उद्धार निकायहरू घटनास्थलमा पुग्न समय लाग्ने भएकाले समुदाय स्वयं सक्षम हुनुपर्ने आवश्यकता औंल्याइन्।बाढीसम्बन्धी थप जानकारी दिँदै निड्स नेपालका प्रतिनिधिहरूले बेलडाँडीका विभिन्न नदी तथा खोलानालाहरूबाट प्रत्येक वर्ष डुवान तथा बाढीको जोखिम बढ्दै गएको उल्लेख गरे।यस्तो जोखिम न्यूनीकरणका लागि स्थानीय तहको सक्रियता, दीर्घकालीन योजना र समुदायको तयारी अनिवार्य रहेको उनीहरूले बताए।

