कञ्चनपुर, ३० जेठ कञ्चनपुरको एक सामुदायिक विद्यालयले अखण्ड रामायण धार्मिक अनुष्ठान कार्यक्रम संचालन भएको छ । भीमदत्त नगरपालिका १४ बनकट्टीमा रहेको बैजनाथ आधारभूत विद्यालयले अखण्ड रामायण धार्मिक अनुष्ठान कार्यक्रम गर्न लागेको हो । शनिबारदेखि विद्यालयकै प्राङगणनमा ऐतिहासिक धार्मिक अखण्ड रामायण धार्मिक अनुष्ठान कार्यक्रम संचालन भएको विद्यालयले जनाएको छ ।
सामुदायिक विद्यालयको बृद्धि विकासका लागि आउँदो दुई दिन धार्मिक अनुष्ठान गर्न लागेको हो । बैजनाथ आधारभूत विद्यालयका प्रद्यानाध्यापक पुष्पमणी जोशीले आपसी सद्भाव, शान्ति र आध्यात्मिक चेतना अभिकबृद्धिका लागि अखण्ड रामायण धार्मिक अनुष्ठान कार्यक्रम गर्न लागेको बताए ।
प्रअ जोशीले विद्यालयकै प्राङगणमा हुन लागेको धार्मिक अनुष्ठान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार ग्रामिण भेगको सामुदायिक विद्यालय बृद्धि विकासका लागि कार्यक्रम गर्न लागिएको छ । प्रअ जोशीले विद्यालयमा पहिलो पटक पठन पाठनका साथै धार्मिक साँस्कृति कार्यक्तम गर्न लागेको र ९ पण्डित मार्फत एकै पटक अनुष्ठान गरिने बताउँदै समुदायिक एकता सचेतनाका कार्यक्रम संचालन गरिने बताए ।
‘हामीले गाँउको सामुदायिक विद्यालय बनाउने सकल्प लिएका छौँ, ‘उनले भने, ‘सबै समुदाय मिलेर एकै मञ्चमा कार्यक्रम गर्न लागेका हौँ ।’ प्रअ जोशीले अखण्ड रामायण, कथा बाचन, भजन किर्तन, पुजापाठ सहित विद्यार्थीका विवित साँस्कृतिक कलाकौसल प्रर्दशन गरिनेछन । कार्यक्रममा आउने, भौतिक एव नगद सहयोग बाफत विद्यालयकै बृद्धि विकासका खर्च गरिने बताउँदै प्रअ जोशीले समुदाय मिले मात्रै विद्यालयको बृद्धि विकास हुने बताए ।
यस पटक विद्यार्थी आर्कषण सिकाईका लागि पानीको पहरा बनाउने योजना रहेको बताए । कार्यक्रमबाट विद्यार्थीलाई समेत नैतिक समाजिक शिक्षाको ज्ञान बृद्धि भई विद्यार्थी अनुशासनमा केन्द्रीत हुने प्रअ जोशीको भनाई छ । निमावी तहका शिक्षक पुष्पमणी जोशीले तीन बर्ष अघि उक्त विद्यालयको नेतृत्व लिएपछि विद्यार्थीको आकर्षण बृद्धिका साथै विद्यालयको बृद्धि विकास भईरहेको छ । समुदाय, अभिभवाक,देखि विद्यार्थीको रोजाईमा परेको उक्त विद्यालयमा अहिले विद्यार्थी संख्या समेत बृद्धि भइरहेको जनाएको छ ।
बैजनाथ आधारभूत विद्यालयका अध्यक्ष प्रेम बहादुर भण्डारीले अभिभाव, समुदायदेखि सरोकारवाला निकायको साथ समयोगबाटै समुदायिक विद्यालयको बृद्धि विकास कार्यक्तम संचालन गर्न लागेको बताए ।
अध्यक्ष भण्डारीले दुई दिने कार्यक्रममा सहभागि भई सामुदायिक विद्यालय सुधारको अभियानमा साथ दिन आग्रह समेत गरेका छन । कार्यक्रममा क्षेत्रका सासद ज्ञानेन्द्र सिह महता, समाजिक विकासमन्त्री बेल बहादुर राना, राज्यमन्त्री मधु भारती,मेयर पदम बोगटी, उपमेयर निलम लेखक(जोशी), वडाध्यक्ष भोजराज जोशी सहितका तीनै तहका जनप्रतिनिधी, सरोकारवालाहरुलाई आमन्त्रण गरिएको छ । दुईदिनसम्म संचालन हुने कार्यक्रममा हजारौँ नागरिकले अवलोकनदेखि सहभागि हुने छन ।

