आइत, जेष्ठ ३१, २०८३

बेदकोट एसईई नतिजा ०८२ ः सरकारी कमजोर, निजी बलिया बैजनाथ मावि जडेपानीका बढी विद्यार्थी उर्तीण


कञ्चनपुर, जेठ ३० कञ्चनपुरको बेदकोट नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा(एसईई) ०८२को नतिजा कमजोर ल्याएको छ । बेदकोट नगरमा सरकारी लगानीमा संचालनमा रहेका विद्यालयको नतिजा कमजोर आएको र निजी विद्यालयको राम्रो आएको हो । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको बेदकोट नगरपालिका शिक्षा शाखाको तथ्याङ्क अनुसार सरकारी विद्यालयको नतिजा अन्यन्तै कमजोर र निजीको राम्रो आएको छ ।

१२ सामुदायिक विद्यालयका छसय ९ विद्यार्थी मध्ये दुईसय १७ मात्रै उर्तीण अर्थात ३५ प्रतिशत मात्रै विद्यार्थी उर्तीण भएका छन । भने, सात निजी विद्यालयका दुईसय ६८ विद्यार्थी मध्ये एकसय ८५ उर्तीण भएका हुन । नगरभरी कुल १९ विद्यालय मध्ये बैजनाथ मावि जडेपानीका सबैभन्दा बढीविद्यार्थी उर्तीण भएका छन । बैजनाथ मावि जडेपानीका एकसय ४६मध्ये ६३विद्यार्थी उर्तीण भएका हुन ।

भुवनेश्वरी मावि सिसैयाका ८२मध्ये ३९, बैजनाथ मावि गैलनदीका ३६मध्ये, १६, उदयमावि सुन्दपुरका ५५मध्ये ३८, जनता मावि गाउजीका २८मध्ये, ११, बालज्योती मावि बैतडा १६मध्ये ३, रत्नमावि चतहरी ३२ मध्ये ३, शारदा मावि दैजि ६३मध्ये १४, घटाल मावि ६७मध्ये २०, सिद्धना मावि मुसेपानी १८मध्ये २, सरस्वती मावि धरमपुर ३८मा २, सिद्धबैजनाथ मावि बगुन २८मध्ये ६ मात्रै विद्यार्थी उर्तीण भएका छन । निजी विद्यालय तर्फ हरिचन्द्र प्रभाका ६मध्ये पुरै ६ विद्यार्थी उर्तीण भएका छन । ०८१मा पनि सत प्रतिशत नतिजा ल्याएको हरिचन्द्र प्रभाले ०८२मा पनि सत प्रतिशत नतिजा ल्याएको छ ।

बाल संसारका ३६मध्ये ३०, क्यास्पियन एकेडेमीका १७ मध्ये ७, सजानी शुक्लाफाँटाका २४मा १५, अरनिको बोडिङ्ग स्कुलका २६मा २०, बेदान्त माविमा ४३मा २५, ज्ञानबाटिका ५६ मध्ये ३४, अमरज्योतीका २९मध्ये १५, र बालजागृतिका ३१मा २५ विद्यार्थी उर्तीण भएका छन । निजी विद्यालयले निरन्तर कडा मेहनत गर्दै आएपछि विद्यालयको नतिजा सुुधार भएको दावि गर्दै आएका छन ।

नगरकै सबैभन्दा बढी विद्यार्थी उत्र्तीण भएको बैजनाथ माध्यामिकविद्यालय जडेपानीका प्रद्यानाध्यापक नवराज पन्तले विद्यालय र विद्यार्थीको मेहनतले नतिजा आएको र अभिभावकबाट सहयोग नहुदा अपेक्षाकृत नतिजा नआएको बताए । ‘शिक्षण सिकाईका लागि विद्यालय, विद्यार्थी र अभिभावक तिनपाटा हुन, ‘प्रअ पन्तले भने, ‘विद्यालयबाट हामी शिक्षकले मेहनत ग¥यौँ, विद्यार्थीले पनि ग¥यो, अनि अभिभावबाट विद्यार्थीको पढाईमा ध्यान पुगेन ।

गत विगतका बर्षहरु भन्दा राम्रो नतिजा आएको बताउँदै उनले विद्यार्थीलाई अतिरिक्त कक्षा संचालनदेखिका मेहनत गरिएको बताउँदै अभिभावकको साथ पाईए आगामी दिनमा थप नतिजा सुधार गरिने प्रअ पन्तको प्रतिबद्धता छ । तीन मात्रै विद्यार्थी उर्तीण भएका रत्न माविका प्रद्यानाध्यापक शेर बहादुर सार्कीले विद्यार्थीको अनियमितता, अभिभावको लार्पबाही र शिक्षक प्रविधीमैत्री बन्न नसक्नु भएकाले बताए ।

प्रअ सार्कीले अतिरिक्त कक्षा संचालनदेखिका कार्यक्रम अघि बढाएर अघि बढ्ने प्रतिज्ञा गरेका छन । सरकारी लगानीमै विद्यालयको नतिजा कमजोर आएपछि अभिभावक दुखित भएका छन । अभिभावक रमेश जोशीले बेदकोट नगरमै सरकारी लगानीमा संचालनमा रहेका विद्यालयमा नतिजा नआउनुमा मुख्य दोषि सरकार, शिक्षकदेखि समुदाय दुवै भएको बताए । ‘सरकारले विद्यालयमा लगानी गर्छ, तर के कस्तो भईरहेको छ, हेदैन, ‘उनले भने, ‘शिक्षकले नियमित कर्तव्यनिष्ट भएर पढाउनुको साटो अन्य बेफाल्तु राजनीतिदेखि, स्वयय निजी विद्यालय सहितका अन्य व्यवसायमा बिजी हुन्छन ।

’उनले पालिकादेखिका सरकारी निकायले सामुदायिक विद्यालय सुधारमा ध्यान नदिएको दुखेसो पोखेका छन । नतिजा सुधारका लागि सरकार मात्रै होईन अभिभावक समेत जिम्मेबार बन्नुपर्नेमा जोडदिएका छन ।अभिभावक सुनिता भट्टले बेदकोका सरकारी विद्यालयका शिक्षक राजनीति र अन्य काममा बढी बिजी भएकाले यस्तो नतिजा आएको बताउँदै सरकारको लगानी बिनै संचालनमा रहेका विद्यालयले राम्रो नतिजा ल्याउने अनि सरकारले नै सबैविषयको पूर्ति गरेकाले उनीहरुको नतिजा कमजोर आउनु दुखत विषय भएको बताए ।

उनले सरकारी शिक्षककै दलका नेता बनेर पढाउनुको साटो रातदिन पाटीकै काममा बिजी हुने प्रवृतिले समेत सरकारी विद्यालयको सुधार नआएको दावि गरेकी छिन । स्थानीय सरकारले समेत चासो नदिएको उनको दुखेसो छ । बेदकोटककी समाजसेवशिक्षकको अति मेहनत र विद्यार्थीका लगावका कारण पालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।

भानु माविका निर्वतमान अध्यक्ष समेत रहेका रानाले आगामी दिनमा विद्यालयमा भएका अभावपुर्ति गर्दै थप शैक्षिक सुधार गर्ने बताए । उनले पालिकाका सबै विद्यालय सुधारोन्मुखमा पालिका सरकार जिम्मेबार बन्नुपर्ने सुझाव दिए । बेदकोट नगरपालिका शिक्षा शाखा प्रमुख पदराज भट्टले अधिल्लो सुधार भएपनि राम्रो आउन नसकेको बताए ।

उनले नतिजाका विषयमा समिक्षा सहित चालु शैक्षिक सत्रमा कसरी सुधार गर्ने विषयमा सबैतिर गम्भिर हुनुपर्ने जोड सहित विद्यालयबाट प्रद्यानाध्यापकहरुले प्रतिबद्धता जाहेर गरेको बताए । बेदकोट नगरपालिका प्रमुख भोजराज बोहराले गत विगतका बर्षहरुमा भन्दा सुधार भईरहेको बताए । ‘विगतमा विद्यार्थी निल हुन्थ्यो, अहिले कम्तिमा पनि २÷३विद्यार्थी त पास भएका छन, ‘मेयर बोहराले भने, ‘पालिकाले नतिजा सुधार गर्दैछ ।’

सम्बन्धित समाचार