शुक्र, जेष्ठ २९, २०८३

सुशासनको लक्ष्य बोकेको सरकारलाई चुनौती दिएर राशन घोटालामा सशस्त्रका दुई डिएसपी फन्दामा


कञ्चनपुर, २७राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)ले राज्यका हरेक निकायमा सुशासन बनाउन लागेको छ । सरकारले नै सुशासनको प्रमुख लक्ष्य अघि सारेका बेला सशस्त्र प्रहरीका केही उच्च अधिकारी भित्रै घोटालामा उद्यत रहेको पाईएको छ ।

हुनत सशस्त्र प्रहरीमा तल्ला दर्जाका कर्मचारी बिना कारण घर विदामा पठाएर राशन घोटाला गर्ने नौलो संस्कार, प्रवृति होईन, तर सुशासनका लागि दौडिएको सरकारलाई चुनौती दिएर सशस्त्र प्रहरीका दुई डिएसपी आफै फन्दामा परेका छन ।

अत्याधिक मात्रामा कर्मचारीहरु विदामा छाडेर राशन भत्तामा बदमासी गरेको पुष्टि भएपछि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सल्यान गुल्म र जाजरकोट गुल्मका गुल्मपतिहरू कारबाहीमा परेका छन्। सशस्त्र प्रहरी प्रधान कार्यालयले उनीहरुलाई कमाण्डबाट फिर्ता बोलाएको छ ।

केही दिन अगाडी ती दुई गुल्मका गुल्मपति डिएसपी हरुले गुल्ममा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरु अत्याधिक मात्रामा विदा छाडेको भन्ने उजुरी सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा परेपछि प्रधान कार्यालयबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकको कमाण्डमा छानविन टोली त्यस ठाउँमा खटिएको थियो ।

सोही छानविन टोलीको प्रतिवेदनको आधारमा उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित कानून निर्देशनालयमा हाजिर गराईएको थियो ।

सो टोलीको प्रतिवेदनका आधारमा सल्यानका डिएसपी भरत बहादुर कुँवर र जाजरकोटमा सुजन थावपालाइए कानून निर्देशनालयले विभागिय कारवाही गरेको छ ।

फिर्ता बोलाईएका ती दुई गुल्मपतिहरुको ठाउँमा तत्कालै नयाँ कमाण्डर खटाइने सशस्त्र प्रहरी प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले बताए ।

त्यस्तै, केही दिन अघि मुस्ताङको कोरला नाका बाट अबैध रुपमा २ वटा ट्रकमा भित्रिएको भेपको बिषयमा सुरक्षा कमजोरी देखिएपछी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङका तत्कालिन कमान्डर सशस्त्र प्रहरी निरीक्षक पनि छानबिन गरि कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसरी सुरक्षा निकायमा हुने राशन घोटाला रोक्न समेत चौतर्फि आवाज उठिरहेको छ ।

सम्बन्धित समाचार