शुक्र, जेष्ठ २९, २०८३

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम फेल हुने सम्भावना: एमालेमा चरम निराशा र गुटबन्दी, मुख्यमन्त्री तनावमा !


कञ्चनपुर २६जेठ ।सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित नभई फेल हुने गम्भीर सम्भावना बढेको छ। सत्ता साझेदार नेकपा एमालेभित्र मन्त्री फेरबदलको विषयलाई लिएर सुरु भएको चरम गुटबन्दी र आन्तरिक विद्रोहका कारण मुख्यमन्त्री कमलबहादुर शाह यतिबेला निकै तनावमा परेका छन्।

एमालेमा चरम निराशा र गुटबन्दी छताछुल्लपार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा मन्त्री बन्ने पक्का भई चौतर्फी बधाई खाइसकेका नेताहरू (चक्रबहादुर मल्ल, दमनबहादुर भण्डारी, सन्तोषकुमारी शर्मा र जानकी ऐर) लाई अन्तिम समयमा रोकेपछि एमालेभित्रको गुटबन्दी सडकमा आएको छ। सुदूरपश्चिमकै नेताहरू निरुदेवी पाल, दामोदर भण्डारी र राजेन्द्रसिंह रावलले केन्द्रमा दबाब बढाएर ओलीलाई निर्णय बदल्न बाध्य पारेपछि नयाँ आकांक्षीहरूमा चरम निराशा छाएको छ।

आफ्ना नेताहरूको सार्वजनिक बेइज्जत गरिएको भन्दै आक्रोशित कार्यकर्ताले धनगढीस्थित संसदीय दलको कार्यालयमा तोडफोड र पार्टी कार्यालयमा तालाबन्दी गरेपछि पार्टीभित्र ठूलो विद्रोहको स्थिति बनेको छ।नीति र कार्यक्रम फेल हुने बलियो सम्भावनाअसार १ गतेभित्र बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका बीच प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु भइसकेको छ।

तर, एमालेभित्र अपमानित महसुस गरेको असन्तुष्ट पक्ष र नेपाली कांग्रेसभित्रकै अर्को रुष्ट गुट मिलेर नीति तथा कार्यक्रमको विपक्षमा उभिने वा ‘क्रस-भोटिङ’ गर्ने आन्तरिक रणनीति बनाइरहेका छन्। सत्ता पक्षकै सांसदहरूले फ्लोर क्रस गरेमा सरकारको नीति तथा कार्यक्रम नै फेल हुने र सरकार ढल्ने खतरा बढेको छ।

आजको प्रदेश सभा बैठकमा एमालेका असन्तुष्ट सांसदहरू अनुपस्थित भएका छन्मुख्यमन्त्री चरम तनावमासत्ता जोगाउन र नीति तथा कार्यक्रम पारित गराउन आवश्यक बहुमत जुटाउनुपर्ने बेला एमालेभित्र सल्किएको यो आगोले मुख्यमन्त्री शाहको निद्रा उडाएको छ।

बजेट ल्याउने मुख्य समयमा विकासका योजनामा केन्द्रित हुनुको साटो मन्त्री पदको बार्गेनिङ मिलाउन र आफ्नै सहयोगी दलका सांसद फकाउन दौडधुप गर्नुपरेपछि मुख्यमन्त्री कार्यालय यतिबेला चरम दबाब र तनावमा परेको छ।

सम्बन्धित समाचार