बेलडाँडी ,माध्यामिक शिक्षा परीक्षा(एसईई)मा कञ्चनपुर बेलडाँडी गाँउपालिकाको नतिजा कमजोर आएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०८२ मा संचालन गरेको एसईई परीक्षामा बेलडाँडीको नतिजा कमजोर आएको हो । ०८१ मा ३७ प्रतिशत नतिजा ल्याएको बेलडाँडीले ०८२मा बृद्धिको साटो खस्किएर ३३ प्रतिशतमा सीमित भएको छ ।
बेलडाँडी गाँउपालिका शिक्षा शाखाको तथ्याङ्क अनुसार पनि सरकारी भन्दा निजी विद्यालयको राम्रो नतिजा आएको छ । सरकारी तर्फ सरस्वती जनता मावि बैवाह ७ मा ३, रौलेश्वर मावि बेलडाँडी ६२मा ७, बैजनाथ मावि झिलमिला २७ मा १०, सरस्वती मावि झर्नासागर ७४मा २६, गणेश मावि भुर्षा ३१मा २, सिद्धनाथ मावि चौफेरी ३०मा २ मात्रै उर्तीण भएका छन ।
निजी तर्फ बेलडाँडी नवज्योती स्कुल १०मा ६, कञ्चन ग्यालेक्सी पब्लिक स्कुल २०मा १७ र मोडल चाईल्ड केयर बोडिङ्ग स्कुल १६मा१० उर्तिण भएका छन । कुल तीनसय ५७विद्यार्थी मध्ये एकय १८मात्रै उर्तीण भएका छन ।
रौलेश्वर माविमा प्रद्यानाध्यापक विष्णुसिह भण्डारीले सबै शिक्षकले आ–आफ्नो विषयमा दक्षचित्त भएर पठन पाठन नगर्नु, विद्यार्थी अभिभावकको हेरचाह गम्भिर नहुनु, विवित पक्षबाट सामुदायिक विद्यालयको नतिजा कमजोर आएको बताए ।
प्रअ भण्डारीले विद्यार्थी फेल हुनुमा प्रमुख शिक्षक जिम्मेबारी रहेको बताउँदै सुधारका लागि योजना अनुरुप अघि बढ्नुपर्ने बताए । शिक्षक, अभिभावक, विद्यार्थीविच सहकार्यदेखि शिक्षकले ईमान्दारपुर्वक अघि बढाउनुपर्नेमा बताए । शिक्षकले पनि पेशागत भन्दा पनि फुल जिम्मेबारीका साथ अघि बढ्नुपर्नेमा सुझाव दिए ।
सबैभन्दा बढी निजी विद्यालय कञ्चन ग्यालेक्सी पब्लिक स्कुलले ८५ र बैभन्दा कम गणेश मावि भुर्षाले ६ प्रतिशत विद्यार्थी उर्तीण गराएको छ । संख्याका हिसाबले गणेश मावि र सिद्धनाथ मावि बराबरी दुई÷दुई मात्रै विद्यार्थी उर्तीण गराउन सफल भएका छन । प्रिन्सिपल प्रकास राज जोशीले विद्यालय शिक्षकको उच्च मेहनत, विद्यार्थीको लगावले राम्रो नतिजा ल्याउन सफल भएको बताए ।
सरकारी लगानीमै संचालनमा रहेका बेलडाँडीको नतिजा अति कमजोर आएपछि अभिभावक चिन्तित भएका छन । अभिभावक पदमराज उपाध्यायले सरकारी विद्यालयमा कमजोर र निजीमा बलियो पढाई हुने गरेको बताए । उनका अनुसार सरकारीका शिक्षक राजनीति, विद्यालय भवनमै केन्द्रीत र निजीका शिक्षक विद्यार्थीको पठन पाठनमा केन्द्रीत हुने गरेको बताए । अर्का अभिभावक संगिता चौधरीले सरकारी विद्यालयमा राजनीतिक खिचातानी भईरहेको बताए ।
उनले सरकारी विद्यालयका शिक्षक पढाई भन्दा पनि बढी अरु कामकामा बिजी हुने प्रवृति र निजीका मेहनती भएको बताईन । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भानुभक्त जोशीले नतिजाको विषयका विद्यालय सरोकारवालासंग छलफल समिक्षा गरेको बताए ।
हरेक विद्यालयलाई योजना अनुरुप पठन पाठनका लागि योजना अघि सारेको छ । सामुदायिक विद्यालयमा शिक्षक सरुवा विवादले समेत नतिजा अपेक्षा अनुरुप नआएको बताए ।
बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले आगामी दिनमा नतिजा सुधारका लागि आगामी दिनमा विद्यालय, शिक्षकदेखि सरोकारवालासंग समिक्षा सहितको योजना अघि सारिने बताए । गाँउ प्रमुख रानाले कमजोर नतिजा आएका सामुदायिक विद्यालयसंग स्पष्टीकरण सोधिने र सोही अनुरुप सुधारका कार्यक्रम संचालन गरिने बताए ।

