कञ्चनपुर, १७ जेठ उच्च बार एशोसिएसन महेन्द्रनगर कञ्चनपुरको अध्यक्षमा अधिवक्ता भोजराज पाठक निर्वाचित भएका छन । ६औँ कार्य समिति चयनका लागि शनिबार सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा पाठक निर्वाचित भएका हुन ।
अध्यक्षका प्रत्यासी भुपेन्द्र विष्ट, आनन्द प्रशाद जोशीले समान ८÷८ र भोजराज पाठक, धनसिह महराले समान १५÷१५बराबरी मत ल्याएका थिए । अन्तत गोलाप्रथाबाट पाठक निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रमुख निर्वाचन अधिकृत गजेन्द्र रावलले अध्यक्षका प्रत्यासी चारै जना मध्ये दुई÷दुईले समान समान मत ल्याउँदा बढी समान भएका उम्मेदवारविच गोलाप्रथाबाट पाठक अध्यक्षमा निर्वाचित भएको बताए ।
समान मत ल्याउँदा पनि भाग्यले पाठक निर्वाचित भएका छन । यस्तै सचिवमा रोशनलाल चौधरी निर्वाचित भएका छन । उनले आफ्ना प्रत्यासी मदन कुँवरलाई ५ मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका छन । चौधरीले २५ र कुँवरले २०मत ल्याएका थिए ।
त्यस अघि उपाध्यक्षमा त्रिपुरेश्वरी विष्ट(भट्ट), कोषाध्यक्षमा सरेन्द्र प्रशाद उप्रेती निर्बिरोध निर्वाचित भएका थिए । सदस्य तर्फ हरि प्रशाद जोशी, धन बहादुर राना, सरिता गैरे, सुर्दशन कुँवर धनराज शर्मा पनि निर्बिरोध निर्वाचित भएका थिए ।
उच्च बार एशोसिएसन महेन्द्रनगर कञ्चनपुरको अध्यक्षमा निर्वाचित भएका भोजराज पाठक सहितका पदाधिकारी सदस्यले कानुन व्यवसायीहरुको हकहितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन ।

