अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकास मन्त्रालयलाई तीन खर्ब दुई अर्ब ८३ करोठ रुपैयाँ बजेट विनियोजन गरेको छ ।
विकाससम्बन्धि अधिकांश बजेट यही मन्त्रालयलाई दिइएको छ । विगतको भौतिक योजना, सहकारी विकास तथा खानेपानी मन्त्रालय मर्ज भएर बनेकाले यो मन्त्रालयले धेरै बजेट पाएको हो ।
आगामी वर्ष सरकारले एक हजार किलोमिटर सडक कालोपत्र गर्नेदेखि २७५ पुल बनाउने महत्वाकांक्षी योजना अघि सारेको छ।

