बिहि, जेष्ठ २१, २०८३

कञ्चनपुरमा घाँटी रेटिएको अवस्थामा श्रीमान मृत फेला, श्रीमती प्रहरी नियन्त्रणमा


महेन्द्रनगर। कञ्चनपुरमा एक पुरुष घाँटी रेटिएको अवस्थामा मृत फेला परेका छन्। दोधाराचाँदनी नगरपालिका–५ सेरा टोलमा स्थानीय ४५ वर्षीय लिलाराम सुनार मृत फेला परेका हुन्।

सोमबार बिहान उनी आफ्नै घरको कोठाभित्र घाँटी रेटिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिरेन्द्रसिंह थापाले बताए।

उनका अनुसार घटनास्थलमा चक्कु समेत भेटिएको छ। घटनास्थलको मुचुल्का उठाउनुका साथै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए।

अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ। प्रहरीले घटनाबारे थप सोधपुछ तथा अनुसन्धानका लागि मृतककी श्रीमती यशोदालाई नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार