बिहि, जेष्ठ २१, २०८३

राष्ट्रिय बीमा अभिकर्ता संघको केन्द्रीय उपाध्यक्षमा कञ्चनपुरका बिरेन्द्र बोहरा


कञ्चनपुर, नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको प्रथम अधिवेशनबाट सुदूरपश्चिम कञ्चनपुरका बरिष्ठ अभिकर्ता बिरेन्द्र बोहरा केन्द्रीय उपाध्यक्षमा चयन भएका छन ।

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको काठमाण्डौँमा सम्पन्न भएको प्रथम अधिवेशनबाट कञ्चनपुर महेन्द्रनगरका स्थानीय समेत रहेका बरिष्ठ अभिकर्ता बोहरा केन्द्रीय उपाध्यक्षमा चयन भएका हुन ।

सानिमा रिलायन्सका चिफ एजेन्सी म्यानेजर समेत रहेका बोहरा राष्ट्रिय बीमा अभिकर्ता संघको केन्द्रीय उपाध्यक्षमा चयन भएको जनाईएको छ । विगत दुई दशकदेखि बीमा क्षेत्रमा काम गर्दै आएका बोहरालाई राष्ट्रिय बीमा अभिकर्ता संघकै केन्द्रीय पदाधिकारीको जिम्मेबारी थपिएको छ ।

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघकै केन्द्रीय अध्यक्षमा सानिमा रिलायन्सका टिओटी नमिता न्यौपानेको अध्यक्षतामा केन्द्रीय समिति विस्तार भएको थियो । केन्द्रीय अध्यक्ष न्यौपाने, केन्द्रीय उपाध्यक्ष बोहरा सहितका पदाधिकारी एव सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र समेत प्रदान गरिएको छ ।

साथ सपथ तथा पदभार समेत ग्रहण गरेका छन । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको केन्द्रीय उपाध्यक्षमा चयन भएका बिरेन्द्र बोहराले देशभर बीमा अभिकर्ताको हकहितका साथै अधिकार र बीमा क्षेत्र थप जिम्मेबार, उत्तरदायीदेखि प्रभावकारी भूमिका निर्वाहमा प्रतिबद्धता जाहेर गरेका छन ।

सम्बन्धित समाचार