कञ्चनपुर, ३१बैशाख माध्यामिक शिक्षा परीक्षा(एसईई) ०८२ मा सुदूरपश्चिमबाट चार जिपिए ल्याउने सबै विद्यार्थी निजी विद्यालयकै छन ।
शिक्षा विकास निर्देशनालय दिपायल डोटीको तथ्याङ्क अनुसार चार जिपिए ल्याउने कञ्चनपुरका ६ र कैलालीका ४ विद्यार्थी निजी विद्यालयकै हुन । ९निजी विद्यालयका १० विद्यार्थीले चार जिपिए ल्याएका छन । ३छात्र सहित १० निजी विद्यालयकै विद्यार्थीले चार जिपिए ल्याएका हुन ।
शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले भीमदत्त नगरपालिका ३ महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीका छात्रद्वय संगम जोशी, अनमोल चन्द, भीमदत्त नगरकै आर्दश विद्या निकेतनका छात्र नितेश जोशी, डाईमण्ड एकेडेमी गड्डाचौकीकी छात्रा आज्ञा श्रेष्ठ, युनाईटेड पब्लिक स्कुल महेन्द्रनगरकी छात्र सम्बृद्धि ऐरी, कृष्णपुर नगरपालिका ४ गुलरियाको नवयुग बाल विद्यालयका एलिसा साउदले चार जिपिए ल्याएका छन ।
शिक्षा विकास तथा समन्वय इकाई कैलालीका शाखा अधिकृत जयराज पन्तले कैलालीका चारै निजी विद्यालयका विद्यार्थीले चार जिपिए ल्याएका छन ।
टीकापुरको माउण्ड सैपाल ईन्टरनेशल एकेडेमीका छात्र ह्यदय कुँवर, ऐश्वर्या विद्या निकेतन धनगढीका दिक्षान्त भट्टराई, फारवेष्ट सेकेण्ड्री स्कुल धनगढीका छात्र प्रज्वल भट्ट र डिस्कभरी ईङलिश बोडिङ्ग स्कुल धनगढीका छात्र अनुपराज गिरीले चार जिपिए ल्याएका छन ।
शिक्षा विकास निर्देशनालय दिपायल डोटीको तथ्याङ्क अनुसार कैलालीमा १४ हजार, १४६विद्यार्थी मध्ये चार जिपिए ल्याउने ४, ३.६देखि ४सम्म ल्याउने ७१८, ३.२देखि ३.६ल्याउने १हजार ९०१, २.८देखि ३.२सम्म ल्याउने २ हजार, ९३२, २.४देखि २.८सम्म १ हजार ९८९, २.०देखि २.४सम्म ल्याउने २७८ गरेर ७हजार ८२२ विद्यार्थी उर्तिण भएका छन ।
कञ्चनपुरमा १.६देखि २सम्म जिपिए ल्याउने १, २देखि २.४०जिपिए ल्याउने २सय १२, २.४देखि २.८०जिपिए ल्याउने १हजार ६७, २.८०देखि ३.२०जिपिए ल्याउने १हजार १७, ३.२०देखि ३.६०जिपिए ल्याउने १हजार ९४, ३.६देखि ४जिपिए ल्याउने ४सय ३४ र ४जिपिए ल्याउने ६ विद्यार्थी रहेका छन । कैलालीका ५५ र कञ्चनपुरका ५१प्रतिशत विद्यार्थी उर्तिण भएका छन ।
सरकारी लगानीमा संचालनमा रहेका कुनैपनि विद्यालयका विद्यार्थीले चार जिपिए नल्याएको र निजी लगानीका सुदूरका विद्यालयका ९ विद्यालयले चार जिपिए ल्याएपछि नागरिक स्तरमा समेत टिकाटिप्पणी भईरहेको छ ।
सुदूरबाट ०८२मा झण्डै ४५ हजार बढी विद्यार्थीले एसईई दिएका थिए । शिक्षा विकास निर्देशनालय दिपायल डोटीका महानिर्देशक दुर्गादत्त विष्टले प्रदेशमा शैक्षिक गुणस्तर बृद्धिको विकल्प नभएकाले आजैदेखि शिक्षक, विद्यार्थीले कडा मेहनतदेखि सरोकारवालो समेत चासो दिनुपर्ने अनुरोध गरेका छन ।

