बिहि, जेष्ठ २१, २०८३

बेलडाँडीको कञ्चन ग्यालेक्सी पब्लिक स्कुलको एसईईमा ८५ प्रतिशत नतिजा


कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा रहेको कञ्चन ग्यालेक्सी पब्लिक स्कुलले एसईईमा ८५ प्रतिशत नतिजा – ल्याएको छ। बेलडाँडी गाँउपालिका २मा रहेको कञ्चन ग्यालेक्सी पब्लिक स्कुलले माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईमा ८५ प्रतिशत नतिजा ल्याएका हुन ।

विद्यालयवाट माध्यमिक तहमा सहभागी भएका जम्मा २० जना विद्यार्थीमध्ये १७जनाले उत्कृष्ट नतिजा ल्याउन सफल भएका-छन्। विद्यालयले सार्वजनिक गरेको जानकारी अनुसार विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण तथा अभिभावकहरूको निरन्तर सहयोगका कारण विद्यालयले गाउँपालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको जनाएको छ।

विद्यालय परिवारले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक वर्गप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

सम्बन्धित समाचार