कञ्चनपुर, २५बैशाख प्रतिनिधी सभा सदस्य(सासद) ज्ञानेन्द्र सिह महताले क्षेत्रका जनताका समस्या गुनासा सुन्दै समाधान गर्नका लागि सचिवालय संचालनमा ल्याएका छन । कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट निर्वाचित सासद महताले क्षेत्रका जनताका समस्या गुनासा सुन्दै समाधान गर्नका लागि सचिवालय संचालनमा ल्याएका हुन ।
शुक्रबारदेखि भीमदत्त नगरपालिका १८जानकी टोलमा सचिवालय संचालनमा ल्याएका छन । सासद महताले क्षेत्रका जनताका समस्या, गुनासा सुन्दै सम्बन्धीत निकाय मार्फत समाधानका लागि सचिवालय नै संचालनमा ल्याएको बताए । महताले चुनावका बेला जनतासंग गरेका बाचा अनुरुप कामकाज गर्नका लागि समेत सचिवालय मार्फत आएका गुनासा, समस्या सम्बन्धीत निकाय मार्फत टुङग्याउने बताए । ‘सचिवालयमा लिखित, मौखिक समस्या सकलन गरिनेछन, ‘महताले भने, ‘सोही अनुरुप सचिवालय मार्फत आफुले पनि समस्या समाधानमा पहल गर्छु ।
’ सचिवालयमा उपस्थिति हुन नसक्ने नागरिकहरुका लागि टोलफ्रि नम्बर १८१०५००२६०नम्बर समेत सार्वजनिक गरिएको छ । ‘विभिन्न सरकारी कामकाजका लागि आउने पैशा नहुने तिर्न नसक्ने सेवाग्राहीका लागि हामीले निःशुल्क फोटोकपिको समेत व्यवस्था गरेका छौँ, ‘उनले भने, ‘नागरिककै सेवाका लागि खोलिएको सचिवालय निरन्तर जनताको सेवामा खटिनेछ ।
राष्ट्रिय स्वतन्त्र पाटीबाट निर्वाचित सासद महताले बेदकोट, भीमदत्त, दोधाराचाँदनीका ३०वटै वडाहरुको एकीकृत दीगो विकास सम्बृद्धिका लागि अहोरात्र खटिने प्रण गरेका छन । सासद महताले वास्तविक सुकुमबासीको समस्या समाधानका लागि सरकारले पहल गर्ने विश्वास दिलाएका छन ।
उनले विपक्षी दलले सुकुमबासी बस्तीमा गएर रास्वपा सरकार बिरुद्ध अफबाह फैलाएको गुनासो पोखेका छन । सचिवालय उद्घाटनकै दिन बेदकोट ८को डेलिगेशन ः लालपुर्जा चाहियो कञ्चनपुर क्षेत्र ३ का सासद महताले सचिवालय संचालन गरेकै दिन बेदकोट नगरपालिका ८नम्बर वडाले ज्ञापन पत्र बुझाएको छ ।
बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले छुट लालपुर्जा वितरणका लागि सासदलाई ज्ञापन पत्र बुझाएको बताए । यस अघि उक्त वडाले अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण गरेको र भूमि आयोग विघटनसंगै रोकिएको थियो । बेदकोट ८को ज्ञापन पत्र बुझ्दै सासद महताले भूमि प्रशासन कार्यालय सहितका निकायमा पहल शुरु गरेका छन ।

