बझाङ। बझाङबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना.३ ख ३३८६ नम्बरको बस आज बिहान करिब २ बजे बर्दियामा दुर्घटनामा परेको छ।

दुर्घटनामा केही यात्रु घाइते भएका छन्। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

