आइत, असार ७, २०८३

कञ्चनपुरमा अन्र्तराष्ट्रिय मजदुर दिवस


कञ्चनपुर, बैशाख १९कञ्चनपुरमा पनि विभिन्न मजदुर संघ संगठनहरु सहितका सरकारी गैर सरकारी संस्थाहरुले अन्र्तराष्ट्रिय मजदुर दिवस मनाएका छन । शुक्रबार विवित कार्यक्रम गरेर जिल्लाका मजदुर संघ संगठनहरु सहितका सरकारी गैर सरकारी संस्थाहरुले १३७औँ अन्र्तराष्ट्रिय मजदुर दिवस मनाएका हुन । नेपाल टे«ड युनियन महासंघ, नेपाल टे«ड यूनियन महासंघ जिफन्ट, अखिल नेपाल टे«ड यूनियन महासंघ, समाजवादी टे«ड यूनियन महासंघ सहितका मजदुर संघ संगठनहरुले संयुक्त रुपमा दिवस मनाएका छन । उनीहरुले ¥यालीदेखि छलफल, अन्तरकृया सहितका कार्यक्रम गरेका छन । समाजवादी टे«ड यूनियन महासंघका अध्यक्ष प्रितम सिले शुभकामना दिदै सरकारले मजदुरको हक अधिकार दिलाउन कन्जुस्याई गरेको बताए । अखिल नेपाल टे«ड यूनियन महासंघका अध्यक्ष पदमराज जोशीले वर्तमान सरकार मजदुर मारा भएकाले मजदुर एकजुट हुनु्पर्ने बताए । नेपाल टे«ड यूनियन महासंघ जिफन्टका अध्यक्ष भोज ब. ऐडीले वर्तमान सरकारले मजदुरको व्यवस्थापन भन्दा उठिबासी गर्ने काम गरिरहेको भन्दै निन्दा गरेका छन । नेपाल टे«ड युनियन महासंघ जिल्ला अध्यक्ष मालति पन्तले मजदुरमाथि राज्य अन्याय रोक्नुपर्ने बताए । मजदुर अगुवा कमल पण्डितले पनि सरकार मजदुरप्रति जिम्मेबार नभएकोे बताए । मजदुर नेता राम सोगारथ ठाकुरले समेत मजदुरको हतहितमा जोडदिए । लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले मजदुर दिवसमा ¥याली छलफल अन्तरकृया गरिएको बताए । जिल्लाभरी सहित सुप प्रदेश, अन्य जिल्लाहरुमा समेत मनाउँदै मजदुरको हक अधिकार समाजिक सुरक्षा भन्दा गरिखाने मजदुरमाथि सरकारले उठिबासी गरेको दुखेसो पोख्दै आएका छन ।

सम्बन्धित समाचार